मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि दिन मध्यम फलदायी रहनेछ। खर्चमा संयम राख्न जरूरी देखिन्छ। सबै पैसा सम्बन्धित र लेनदेन सम्बन्धित काममा सावधान हुनु आवश्यक छ। अनावश्यक वाद-विवाद नहोस्।, ध्यान दिनुहोला। परिवारका सदस्यसँग मनमुटाव हुनसक्छ। स्वास्थ्य बिग्रन सक्छ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मानसिक रूपमा तपाईंले वैचारिक स्थिरता महसुस गर्नुहुनेछ। तपाईं आफ्नो आर्थिक उत्तरदायित्व राम्ररी पूरा गर्न सक्षम हुनुहुनेछ। आर्थिक योजना बनाउन सफल हुनुहुनेछ। गहना, प्रसाधन सामग्री र मनोरन्जनका लागि खर्च हुनेछ। परिवारका सदस्यहरूसँग तपाईं रमाइलो समयको आनन्द लिनुहुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

परिवार र बच्चाहरूसँग मतभेद हुनसक्छ। क्रोध तथा बोलीमा संयम राख्नुहोस्। शारीरिक स्वास्थ्य बिग्रन सक्छ, विशेषगरी आँखा सम्बन्धि समस्या देखा पर्न सक्छ। दुर्घटना वा आकस्मिक खर्च हुनसक्छ। भाषा र व्यवहारमा नरमता कायम राख्नुहोस्। कार्यक्षेत्रम समय अनुकूल रहनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईंको आय वृद्धि हुनेछ आर्थिक लाभ मिल्ने सम्भावना छ। साथीहरुसँग रमणीय भेटघाट हुनेछ। स्त्री मित्रबाट विशेष लाभ मिल्नेछ। व्यापारमा लाभ हुनेछ। विवाह योग छ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापार व्यवसाय क्षेत्रमा परिस्थिति अनुकूल रहनेछ। हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा उच्च पददहिकारी तपाईंसँग प्रशन्न रहनेछन्। बुबाबाट लाभ मिल्ने सम्भावना छ। सरकारी काममा फाइदा हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। गृहस्थजीवन सुमधुरतापूर्ण रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

यात्राको सम्भावना छ। स्त्री मित्रबाट लाभ मिल्ने सम्भावना छ। धार्मिक कार्य र धार्मिक यात्रामा व्यस्त भइएला। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ। दाजु-भाईबाट लाभ मिल्नेछ। आर्थिक हिसाबले दिन शुभ रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ।

तुलार, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ राह्नेछ। भाषा र व्यवहारमा संयम राख्नुहोला। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। आध्यात्मिक उपलब्धि हासिल गर्नका लागि समय राम्रो छ। सम्भवतः पानी र महिलाबाट टाढा रहनुहोस्। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ।

वृश्चिक :– तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

मित्रगणसँग रमणीय यात्राको सम्भावना रहेको छ। स्वस्दिष्ट एवम उत्तम भोजन तथा नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ। सामजिक क्षेत्रमा सम्मान बढ्नेछ र सम्मानित हुने सम्भावना छ। वाहन सुख प्राप्त होला। वैवाहिक जीवन सुखमय रहनेछ। प्रियजनसँग भेटघाट गर्ने मौका मिल्नेछ।

धनु :– ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। कार्यक्षेत्रमा अलाभ मिल्नुका साथै सहकर्मीबाट भरपूर सहयोग मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। माइती पक्षबाट शुभ खबर मिल्नेछ। वाणीमा असमयम राख्नुहोला। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

नयाँ कार्य सुरु गर्न वा कुनै महत्वपूर्ण निर्णय गर्न यस दिन शुभ छैन। सन्तानको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछैनन्। अनावश्यक खर्च हुनेछ। सन्तानसँग मदभेद हुनसक्छ। व्य्तापार व्यवसाय क्षेत्रमा पनि समय अनुकूल नरहला।

कुम्भ :  गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मानसिक चिन्ताको अनुभव गर्नुहुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना छ। महिलाको गहना, कपडा, सौन्दर्य प्रसाधनहरूमा खर्च हुनेछ। आमाबाट लाभ हुनसक्छ। जग्गा, घर र सवारी साधनहरूको कारोबारमा ध्यान दिन धेरै महत्त्वपूर्ण छ। विद्यार्थी वर्गको लागि दिन शुभ रहनेछ।

मीन:  दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईको रचनात्मक र कलात्मक शक्तिहरु बढ्नेछन्। वैचारिक स्थिरताका कारण, तपाईं आफ्नो काम राम्ररी समाप्त गर्न सक्षम हुनुहुनेछ। महत्वपूर्ण निर्णयहरू लिनका लागि दिन शुभ छ। जीवनसाथीसँग आनन्दमय समय बित्नेछ। मान-सम्मान मिल्नेछ