हुम्ला मानसरोवर कैलाश दर्शनका लागि ‘गेट वे’: मन्त्री भट्टराई


  • १७ मंसिर २०७७, बुधबार ०६:२१ प्रकाशित
  • ५१ पटक पढिएको

  • सिमकोट मङ्सिर १७ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हुम्ला जिल्लामा धार्मिक पर्यटकको संभावना बढी रहेको बताउनु भएको छ । हुम्ला मानसरोवर कैलाश दर्शनका लागि ‘गेट वे’ भएको कारण धार्मिक पर्यटकको प्रचुर सम्भावना रहेको उहाँले बताउनु भएको हो ।
    पूर्वको सोलुखुम्वु जिल्लाको लुक्ता क्षेत्र पर्वतारोहणका हिसाबले पर्यटन प्रर्बद्धन भएको र अब मानसरोवर कैलाशको ‘गेट वे’का हिसाबले हुम्लामा धार्मिक पर्यटक संभावना बढी रहेको मन्त्री भट्टराईले बताउनुभयो । तीन वर्षमा हुम्लाहुँदै मानसरोवर कैलाशको धार्मिक पर्यटकका रुपमा दर्शन गर्ने भारतीय पर्यटकको संख्या २९ हजार पुगेको छ । मन्त्री भट्टराईले पर्बतारोहण भन्दा धार्मिक पर्यटकको संख्या बृद्धि हुने बढी संभावना पनि रहेको बताउनुभयो । सिमकोट बिमान स्थलमा हुम्लावासीलाई सम्बोधन गर्दै उहाँले यसको राम्री ब्यबस्थापन र प्रचार गर्नु आबश्यक रहेको बताउनुभयो । सबै किसिमका पूर्वाधारहरुको विकास हुनु पर्ने पनि उहाँले बताउनुभयो । आगामी दिनमा मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने भारतीय तथा अन्य गरि पाँच लाखसम्म पुग्न सक्ने तर त्यसका लागि आबश्यक पुर्बाधारको विकास जरुरी रहेको मन्त्री भट्टराईले बताउनुभयो । त्यो संगै यो वर्षबाट नेपाली भुभाग लाप्चाबाट मानसरोवर कैलाशको दरदर्शन पनि सुरु भएको छ । लाप्चा कै कारण पनि हुम्लालाई पर्यटकीय क्षेत्रका रुपमा पहिचान बनाउन सहज भएको सासद छक्क बहादुर लामाले बताउनुभयो । सिमकोट बिमान स्थलको कालो पत्रे, घेरवार र एप्रोन निर्माणको कार्य अनुगमन गर्न उहाँ हुम्ला आउनु भएको हो । मन्त्री भट्टराई दुई घण्टा हुम्लामा बस्नु भएको थियो । मन्त्री भट्टराईसँग नागरिक उड्डयान प्राधिकरणका महानिर्देशकको सरकारी टोली पनि अनुगमनमा सहभागी रहेको थियो । Gorkhapatra

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस