झापामा अपायक ठाउँमा अस्पताल सिलन्यास गरेपछि जनताको चर्को बिराेध


  • १७ मंसिर २०७७, बुधबार ०८:२६ प्रकाशित
  • १२८ पटक पढिएको

  • झापा:  हल्दिवारी गाउँपालिकाले विभिन्न प्रलोभनमा परेर नागरिकलाई अपायक पर्ने ठाउँमा अस्पताल भवन बनाउन थालेपछि नागरिकले बिराेध जनाएका छन । नागरिक सँग भाैगलिक निकटता नभएको ठाउँमा अस्पताल भवन सिलन्यास भएपछि गाउँ पालिकाका अधिकाशं नागरिक विरोधमा उत्रिएका हुन ।नेपाल सरकारले प्रत्येक स्थानीय तहमा एउटा १५ सैयाको अस्पताल खोल्ने निर्णय अनुसार हल्दिवारीमा बन्न लागेको अस्पतालले स्थानीय हल्दिवारीका जनतालाई सेवा नपुग्ने बरु दुख हुने स्थानीयहरु बताउछ्न ।

    अस्पताल जस्तो संवेदनशील संस्थालाई पहुँच र शक्तिको दुरुपयोग गर्दै वडा नम्बर १ मा बनाउन लागेपछि स्थानीयहरु आक्रोशित भएका छ्न । उक्त स्थान गाउँपालिकाका नागरिकको ९०% अपायक पर्ने ठाउँ भएको एक स्थानीयले बताए ।

    सबैको पाएक पर्ने ठाउँमा अस्पताल बन्नु पर्नेमा बाह्रदशी गाउँपालिकाको सिमानामा अस्पताल बनाउने कुराले जनताको हित भन्दा भुमाफियाको स्वार्थलाई मात्रै मध्यनजर गरेको स्थानीयले आराेप लगाएका छन ।

    स्थानीय सरकारका प्रतिनिधि र केही राजनैतिक दलका स्थानीय नेताहरू माफियाको फन्दामा परेकोले जनताकाे हित भन्दा टाढा काम हुन लागेको भन्दै हल्दिवारीका जनताहरु आक्रोशित भएका छ्न ।

    अस्पताल बनाउने कुरामा गाउँ पालिकाको कुनै निर्णय समेत भएको देखिदैन भने पाएक पर्ने हल्दिवारी ४ र ५ को सिमाना हाल गाउँ पालिका बन्दै गरेको आसपास मा सबैलाई पाएक पर्ने भन्दै गोलधापना बनाउन लागेको भनिएको अस्पताल तत्काल रोक्नु पर्ने उनिहरुको भनाई छ ।

    हल्दिवारी ४ को स्वास्थ चौकिलाई सुविधा सम्पन्न अस्पताल बनाउन गाउँपालिकाले समेत पत्राचार गरि सकेकोमा अकास्मात स्थान परिवर्तन हुनुलाई स्थानीय जनताले गम्भीरताका साथ हेरेका छ्न । अस्पताल गाउँ पालिकाको निर्णय विपरित बन्न लागेको भन्दै वडा नम्बर २,३,४ र ५ का जनप्रतिनिधि हरु समेत अचम्मित भएको बताउछ्न ।हाल अाएर त्यहाँका स्थानीय नागरिकहरू पनि त्यस सम्बन्धि कुनै सुचना प्रबाह नगरिएको भनि सुचना माग गरिरहेका छन|हाम्राखबरबाट 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस