कांग्रेस नेता रामचन्द« पौडेललाई प्रहरिले नियन्त्रणमा लिएको छ


  • १७ मंसिर २०७७, बुधबार १६:१४ प्रकाशित
  • ११८ पटक पढिएको

  •  काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

    तनहुँको ब्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने पुल उद्घाटन गर्ने क्रममा प्रहरीले पौडेलसहितका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको हो ।

    पौडेलले आफूलाई प्रहरीले हिरासतमा लिएको भनी फेसबुकमार्फत सर्वजनिक गरेका छन

    संघीय सरकारको बजेटमा बनेको उक्त पुल पौडेलले उद्घाटन गरेर जस लिन खोजेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले बिरोध जनाएका थिए ।

    बुधबार पौडेलले पुल उद्घाटन गर्ने पूर्वनिर्धारित कार्यक्रम भए पनि जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस महामारीका कारण धेरै मानिस भेला हुनु उपयुक्त नहुने भन्दै पुल उद्घाटन स्थगित गर्न अनुरोध गरेको थियो । र सो क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको थियो ।

    बुधबार पौडेल पुल उद्घाटन गर्न कांग्रेस कार्यकर्ताको ठूलो समूहसहित पुगेका थिए । तर प्रहरीले निषेधाज्ञा लगाइएको भन्दै पौडेललाई नियन्त्रणमा लिएको हो ।

    निषेधित क्षेत्र तोड्न खोजेकाले पौडेललाई नियन्त्रणमा लिइएको डीएसपी युवराज तिमिल्सिनाले जानकारी दिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया लेख्नुहोस