प्रिय फूलहरु !
—————
नजान्दा – नजान्दै
आमाले लाउने कुर्ताको फेरो समातेर
सपनाहरुको लर्को अनुभव गर्दै हिनेको बटुवा
थाँती सपानाहरुको ब्यारेकबाटै
बीच बाटामै
पारिन्छ – अपहरण तालिकामा ।
जिन्दगीका आफ्नै मानचित्रमा
आफ्नै अनुभूतिका डोब र कलेबरहरु
नियाल्दै गर्दा आफ्नै सिमानाहरू
भीर गाउँले माल्दाइका ढाकरबाट
उन्मुक्त हुन्छन्
रंगेहात पक्राउ नपरेका अर्धनग्न
र अर्ध सुशुप्त सपनाका जुलुशहरु ।
ध्यानस्थ पसिनाका झरनाहरु
बग्दै गर्दा नदीहरु र बन्दै गर्दा बिहानी शीतहरु
रग्डिँदा रग्डिँदै बढ्छन् अघि
सदाझैँ पत्थरमाथि खालि पैतालाहरु
खालि पैतालाहरु संगसंगै स्पातिला भगवान्-हेरु ।
पत्थरका मनहरु पैताला जस्ता कर्मशील हुने भए
मान्छेका मनहरु पत्थर जस्ता निसंकोच हुने भए
धुलोको ज्योतिले घाम चम्किन्छ
धर्तीका सुगन्धले फूल सुवास छर्छ
भोकले टटिएको अनुहारले जून मुस्काउँछ ।
राम प्रसाई