हास्यकलाकार मनोज गजुरेलले दोश्रो विवाह गर्ने भएका छन्।उनले भने आफू छिट्टै नै विवाह बन्धनमा बाँधिने कुरा सत्य हो तर यसको बाँकी जानकारी समय आए पछि बताउने छु। कोसँग र कहिले विवाह गर्दैछन् भन्ने कुरा अहिले नै सार्वजनिक भएको छैन।यो उनको दोश्रो विवाह हुनेछ।
उनको पहिलो विवाह मिना ढकालसँग भएको थियो।प्रेम विवाह गरेको २२ वर्षपछि अर्थात २०७४ सालमा उनीहरूबीच सबन्धविछेद भएको थियो।४६ वर्षिय गजुरेलका एक छोरा र एक छोरी छन्। छोराका नाम मिरोज र छोरीको मेमोरी गजुरेल हो हाल छोरा छोरी दुबै मनोज सँगै बस्छन्।