केआरइसी उपाध्यक्ष के.सी. भन्छन्ः संस्थालाई नाफामा लगेर उपभोक्तालाई बोनस बाढ्छौँ


  • २२ मंसिर २०७७, सोमबार १२:५१ प्रकाशित
  • ४६७ पटक पढिएको

  • खिम्ती ग्रामिण विद्युत सहकारी संस्था लि. (केआरइसी) किर्ने, दोलखाले यही असोजमा नयाँ नेतृत्व पाएको छ। ३ वर्षको कार्यकाल लागि र्निवाचित यो कार्यसमितिमा प्राय युवाहरुको सहभागिता भएको पाइन्छ।सोही कार्यसमितिमा तामाकोशी गाउँपालिका वडा नं. ५, शहरेका युवा नेता भुवन के सी पनि उपाध्यक्षमा र्निवाचित भएका छन्। यसै सन्र्दभमा आज उपाध्यक्ष के सी सँग केआइसीको भावी योजना ,समस्या र चुनौती लगाएत विविध बिषयमा केन्द्रित रहेर हाम्रा संवाददाताले गरेको कुराकानीमा आधारित संक्षिप्त भनाईलाई प्रस्तुत गरेका छौँ।
    सर्वप्रथमत तपाँई यस संस्थाको उपाध्यक्ष पदमा र्निवाचित हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
    हजूरलाई धन्यवाद
    संस्थाको आजको अवस्था के कस्तो छ? साथै आर्थिक र प्रशासनिक रुपले कस्तो पाउने भयो?
    हामीले पदभार गर्दा करीब ६० लाख रुपैयाँ घाटामा रहेको संस्था हाल घाटा भएको रकम नेपाल विद्युत प्राधीकरणलाई तिरेर २ लाख ४० हजार नाफामा छ। झाँक्रे र हलुवाखोला पावर प्लान्ट विग्रिएको र गत कार्तिक ३ गतेदेखि मर्मत गरि पुनः सञ्चालनमा आएपछि संस्थाले ऋण तिरेर नाफा कमाउन लागेको हो।हाल संस्थाले आफ्नो १० हजार शेयर सदस्यले प्रयोग गरेर बचेको विद्युत दैनिक ५० देखि ६० हजार रुपैयाँ सम्म नेपाल विद्युत प्राधिकरणलाई विक्रि गर्न सफल भएको छ। झाँक्रे र हलुवाखोला पावर प्लान्टबाट करिव ७४० किलोवाट विद्युत उत्पान हुन्छ र सोही विद्युत दोलखा रामेछापका १४ वटा वडामा वितरण गरिएको छ।शुल्क भने न्युनतम् २० युनिट सम्म रु ८० र त्यो भन्दा माथी प्रतियुनिट रु.५ पर्छ। उपभोक्ता बाट उठेको सम्पूर्ण रकम यही सहकारीमा जम्मा हुन्छ यदि संस्था मुनाफामा गएको खण्डमा सम्पूर्ण उपभोक्तालाई बराबरी हिसावले बोनस दिइने छ।अहिले सम्म संस्थाको चल अचल सम्पती गरि करिव ७५ करोड छ।

    कर्मचारीले तलब सुविधा समयमा नपाएको र तलब स्केलपनि समय सापेक्ष नभएको गुनासो सुनिन्छ नी?
    कर्मचारीबाट हामीलाई औपचारिक जानकारी भने अहिले सम्म आएको छैन तर मौखिकरुपले गुनासो गरेको मैँले पनि सुनेको छु।यदि कर्मचारीबाट औपचारिक जानकारी भएमा हामी यी समस्याहरुको पहिचान गरी सम्बोधन गर्न पहल गर्ने छौँ।

    अहिलेका प्रमुख समस्या र चुनौतीहरु के कस्ता छन्? साथै विभिन्न समयमा लोडसेडिङ पनि भइरहेको गुनासो सुनिन्छ नी?
    दुवैवटा पावर हाउस जिर्ण अवस्थामा छन् हामी आएपछि केहि सामान्य मर्मत त गरियो तर पूर्णरुपले मर्मत गर्न आर्थिक रुपले महङ्गो पर्ने भएकोले हाम्रो संस्थाबाट मात्रै सम्भंव नहुने देखिन्छ।त्यसको लागी हामीले खिम्ती हाइड्रोपावरसँग सहयोग माग्नु पर्ने वाध्यता छ।यो भन्दा पहिले नेपाल विद्युत प्राधीकरणबाट विद्युत किन्नु पर्ने अवस्था रहेछ र पिकआवरमा कहिले काहिँ प्राविधिक कारणले विद्युत गएको हुन सक्छ अब त्यसको अन्त्य हुने छ।

    अबका भावी योजनाहरु के के छन् त?
    अहिले संस्थाले झाँक्रे–२ निर्माणको लागि डिपिआरको प्रकृया अगाडी बढाएको छ।झाँक्रे–२ निर्माण कार्य सम्पन्न भएपछि १.५ मेघावाट विद्युत उत्पादन हुने र बढि भएको विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्रि गरेर आफ्नो शेयर सदस्यलाई नाफा बाँड्ने योजनाका साथ हामी काम गरिरहेका छौँ । त्यसैगरी, संस्थाले अहिले स्मार्ट मिटर प्रयोगमा ल्याउने भएको छ । उपभोक्ताको समस्यालाई मध्यनजर गर्दै स्मार्ट मिटर जडान गर्ने पहलमा संस्था लागिरहेको छ।यसबाट संस्थालाई वार्षिक करिव ४० लाख रकम बचत हुने देखिन्छ।हाल नमुना परिक्षणको लागी किर्ने बजारमा स्मार्ट मिटर प्रयोगमा ल्याउने छौँ।त्यस्तै हरेक कार्यक्षेत्रमा सिसि क्यामेरा जडान गर्ने छौँ। कर्मचारी हाजिरीलाई विद्युतिय प्रणलीमा लैजाने योजना छ।यदि कुनै प्राविधिक कारणले विद्युत् आर्पूति बन्द हुने स्थिती आएमा पूर्व जानकारीको लागी हरेक उपभोक्ताको मोवाइलमा अलट सिस्टम राख्ने छौँ।अबको केहि समय पश्चात युवाहरुलाई सस्तो व्याजदरमा यस संस्थाले व्यावसायिक ऋण प्रदान गर्ने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%४%१%

    प्रतिक्रिया लेख्नुहोस