के चैत्रमा एसईई हुने सम्भावना छ त? यसो भन्छन् शिक्षाकर्मी


  • २९ मंसिर २०७७, सोमबार १३:५४ प्रकाशित
  • १९९ पटक पढिएको

  • सामान्य अवस्था हुनेहो भने अबको तिन महिना पछि यो वर्षको एसईई सुरू हुनेछ। । गत वर्ष चैत ६ बाट शुरु हुने भनिएको परीक्षा कोभिड १९ को कारण अघिल्लो दिन स्थगित भएको थियो ।गत वर्षको परीक्षा तालिकालाई हेर्ने हो भने यो वर्षको एसईई सुरू हुन जम्मा १३ हप्ता बाँकी छ ।तर अहिले सम्म कुनै पनि विद्यालय पूर्णरुपले संचालन गर्न सकिएको छैन। विभिन्न माध्यमबाट वैकल्पिक शिक्षा प्रदान गर्ने पहल भएपनि सबै विद्यार्थी यसको पहुँचभन्दा बाहिर भएकोले धेरैले पढ्न पाएका छैनन्। साथै केहि विद्यार्थीको सभागिता भए पनि वैकल्पिक पद्धतिलाई त्यति प्रभाकारी बनाउन नसकेको गुनासो विभिन्न पक्षबाट आइरहेको छ। त्यस्तै परीक्षा लिने निकायको पनि तयारीशुन्य जस्तै छ।माध्यमिक परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल प्रश्नपत्र तयार पारेर छाप्न पठाउनुपर्ने बेला भइसकेको बताउँछन् । भन्छन्, ‘अहिलेसम्म परीक्षाको आवेदन खुलाउन सकेका छैनौं, तीव्र तयारी नगर्ने हो भने एसईईको तालिका प्रभावित हुने देखिन्छ ।’

    परीक्षा बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विकल्प सहित एसईईबारे निर्णय गर्न पत्राचार गरेको छ । तर मन्त्रालयले यस विषयमा कुनै निर्णय लिन सकेको छैन ।२०७७ जेठमा मन्त्रिपरिषद् बैठकले परीक्षा नलिने आन्तरिक मूल्यांकनका आधार ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो । त्यसपछि सम्बन्धित विद्यालयले पठाएको अंकलाई बोर्ड मान्यता दियो ।

    गत वर्ष मन्त्रिपरिषद्ले नै निर्णय गरेकाले यसपटक के गर्ने भन्ने विषयमा सरकार निर्णयमा पुग्नुपर्ने जानकारहरू बताउँछन् । अघिल्लो वर्ष जस्तै सम्बन्धित विद्यालयलाई जिम्मा दिने, प्रदेश शिक्षा निर्देशनालयलाई परीक्षा सञ्चालन गर्न दिने वा माध्यमिक परीक्षा बोर्डलाई दिने भन्ने निर्णयमा पुग्नुपर्ने बोर्डका अधिकारीहरू बताउँछन् ।मन्त्रालयले भने विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिने, गत वर्षजस्तै विद्यालयलाई आन्तरिक मूल्यांकन गर्न दिने वा माध्यमिक बोर्डलाई परीक्षा लिन दिने भन्ने विषयमा छलफल गरिरहेको छ ।
    राष्ट्रिय शिक्षा नीति अनुसार एसईई प्रदेश सरकारको अधिकार क्षेत्रमा पर्छ । शिक्षा नीति संशोधन गरेर विद्यालयलाई परीक्षा सञ्चालनको अधिकार दिनुपर्ने शिक्षाविद्हरू बताउँछन् । उनीहरु भन्छन्, ‘कक्षा १० को परीक्षा विद्यालय सञ्चालन गर्छ, प्रश्नपत्र छाप्ने झन्झट पनि हुँदैन ।’कक्षा १० को परीक्षा सञ्चालनका लागि आवश्यक नीति संशोधन वा अन्य ऐन तर्जुमा सरकारले बेलैमा गर्नुपर्ने उनीहरुको सुझाव छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस