कप्तान बाबर आजम टी ट्वान्टी श्रृखंलाबाट बाहिरिए


  • ३० मंसिर २०७७, मंगलवार १३:१६ प्रकाशित
  • ९० पटक पढिएको

  • पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका कप्तान बाबर आजमको औंला भाँचिदा १२ दिन बिश्राम गर्नुपर्ने छ। बिश्राम गर्नुपर्ने भएपछि उनी न्युजिल्याण्ड विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंलाको एउटै खेलमा सहभागी हुन पाउने छैन् ।
    पाकिस्तान क्रिकेट बोर्डले एक वक्तब्य जारी गरी अभ्यासको क्रममा आजमको बूढी औंलामा चोट लागेको जनाएको छ । लगत्तै उहाँलाई क्विन्सटाउनस्थित अस्पताल लगेर एक्स रे गर्दा क्षतिले पूर्ण आराम आवश्यक हुन गएको वक्तब्यमा उल्लेख गरिएको छ ।
    आजम टोलीबाट बाहिरिनु पाकिस्तानका लागि ठूलो चिन्ताको विषय बनेको छ । कप्तान मात्रै नभई उनी टी ट्वान्टी अन्तर्राष्ट्रियमा विश्व वरियताको दोस्रो स्थानमा छन् । गत महिना मात्रै उनले पाकिस्तान सुपर लिगमा कराँची किंग्सलाई पहिलो पटक उपाधि दिलाएका थिए । पहिलो क्वालिफायरसँगै फाइनलमा समेत अद्र्धशतक लगाएर उनी प्लेयर अफ द् म्याच समेत घोषित भएका थिए । उनको स्थानमा मोहम्मद हफिजलाई शिर्ष स्थानमा खेलाइनेछ भने मध्यक्रमको विकल्प खोजिदैछ ।
    पाकिस्तानले न्युजिल्याण्ड विरुद्धको पहिलो टी ट्वान्टी खेल शुक्रबार खेल्नेछ । २६ डिसेम्बरमा पहिलो टेष्ट सुरु हुनु अघि बाबरको पुनः एक्स रेपछि चिकित्सकको सुझाबमा उहाँ टेष्ट श्रृखंलामा फर्किने नफर्किने तय हुने पीसीबीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस