बिबिएल खेल्न आज अष्ट्रेलिया उडें सन्दीप


  • ३० मंसिर २०७७, मंगलवार १४:०२ प्रकाशित
  • ११३ पटक पढिएको

  • लेग स्पिनर तथा राष्ट्रिय क्रिकेट टोलीका नियमित खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बीबीएल) खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी यो सहित तेस्रोपटक बिग बास लिग खेल्दैछन्।सन्दीपले यसअघिका २ सिजन मेलबर्न स्टार्सबाट खेलेका थिए भने यस पटक उनले होबार्ट हुरिकेन्सबाट खेल्दै छन् ।उनले पछिल्ला दुई सिजनमा २० खेल खेल्दै २६ विकेट लिएका थिए ।

    सन्दीप बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिन अनिर्वाय क्वारेण्टीनमा बस्नुपर्ने छ। बिग बास लिग गत बिहीबारदेखि नै सुरु भइसकेको छ र सन्दीपको टिमले २ वटा खेलमा जित हासिल गरिसकेको छ।। क्वरेण्टीनमा बस्नुपर्ने भएकाले लामिछानेले सुरवाती ७ खेल गुमाउने छन् ।
    अहिलेसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ ।सन्दीप आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई हप्ताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए। अहिले उनी कोरोनाबाट मुक्त भइसकेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस