नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जरमा जाने तयारी शुरु गरेका छन् । दुबै बैंकहरूले प्रारम्भिक ड्यू डेलिजेन्स अडिट (डीडीए ) रिपोर्ट चित्त बुझाएमा मर्जरमा जाने तयारी गरेका हुन् ।
मर्जरमा जाने तयारी गरिरहेका बैंकमध्ये हिमालय बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार ६ सय रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १४ अर्ब २४ करोड ८९ लाख ५४ हजार ५ सय रुपैयाँ रहेको छ ।
यी दुबै बैंक मर्ज भएपछि २३ अर्ब ६२ करोड १२ लाख ३६ हजारको नेपाल कै ठूलो बैंक बन्ने भएको छ । यस अघि मर्जरमा गएका जनता बैंक र ग्लोबल आईएमई बैंकको चुक्ता पुँजी १८ अर्ब ९७ करोड ५८ लाख ७९ हजारमात्रै रहेको छ ।
दुबै बैंकको प्रारम्भिक डीडीए गर्न थालिएको छ । कर्मचारी व्यवस्थापन तथा शेयर आदान प्रदान अनुपात स्वाप रेसियोलाई बैंकहरूले अहिले प्राथमिकतामा नराखेको बैंक स्रोतले बताएको छ।
दुबै बैंकहरूको पारिवारिक सम्बन्ध भएकाले बैंकहरूबीच मतभेद नहुने,अध्यक्षमा विवाद नरहने भएको छ । त्यस्तै दुबै बैंकबीच पारिवारिक सम्बन्धका कारण सीईयो कस्लाई बनाउने भन्नेबारे पनि समस्या नआउन सक्छ । बाँकी कर्मचारी ब्यबस्थापन र अन्य विषय भने मिल्न सक्ने अवस्था देखिए पछि दुबै बैंकले मर्जरका लागि अगाडि हात बढाएका हुन् । अन्य विषय मर्जर प्रक्रियासँगै विस्तारै ब्यबस्थापन गर्दै लैजाने तयारीमा दुबै बैंक रहेका छन् । यो बिग मर्जरले पक्कै पनि राष्ट्रबैक पक्ष पनि सन्तुष्ठ हुने प्रष्ट छ ।