स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालको पुस २४ गते बार्षिक साधारणसभा, ११.८४ प्रतिशत लाभांस प्रस्ताव पारित


  • २ पुष २०७७, बिहीबार ०९:१६ प्रकाशित
  • ७६ पटक पढिएको

  • स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले पुस २४ गते बार्षिक साधारणसभा बोलाएको छ। बैंकको साधारणसभाले ११.८४ प्रतिशत लाभांस प्रस्ताव पारित गर्ने छ।

    बैंकले तीन वर्षपछि बोनस सेयर वितरण गर्ने भएको छ। राष्ट्रबैकको १० अर्ब चुक्ता पूजीँ बनाउनु पर्ने नियम पश्चात बैंकले पुँजी वृद्धिका लागि तीन वर्षअघि १०० प्रतिशत बोनस सेयर दिएपछि पछिल्ला दुई वर्ष नगद लाभांश मात्र दिएको थियो ।

    बैंकले ७ प्रतिशत बोनस सेयर र कर सहित ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजाने छ।

    बैंकले अघिल्लो आव २०७५÷७६ को नाफाबाट २२.५ प्रतिशत नगद लाभांश दिएको थियो भने २०७४÷७५ को नाफाबाट प्रति सेयर १७.५० प्रतिशत नगद लाभांश दिएको थियो।

    हालसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रहेको छ। कोभिड १९ को असरबाट जोगिन पुँजी कोष बलियो बनाउनु पर्ने भएकाले बैंकले बोनस सेयरमा जोड दिएको हो।

    बैंकले गत बर्ष एक अर्ब ५१ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो। चालु बर्षको पहिलो त्रैमासमा ३४ करोड ८८ लाख रुपैयाँ नाफा गरेको छ। बैंकको चुक्ता पूँजीको ७०.२१ प्रतिशत सेयर संस्थापक छ भने सर्वसाधारणमा २९.७९ प्रतिशत सेयर रहेको छ।

    संस्थापकतर्फ स्ट्यान्डर्ड चार्टर्ड ग्रिण्लेज अष्ट्रेलियाको ४६.८१ प्रतिशत छ भने चार्टर्ड युकेको २३.४ प्रतिशत सेयर छ। बाँकी संस्थापक सेयर प्रियङ्का अग्रवाल, अभिनास अग्रवाल, कोमल अग्रवाल, शशी अग्रवाल र शंकरलाल अग्रवालको छ। उनीहरुको जनही ०.७ प्रतिशतका दरले सेयर छ।

    सर्वसाधारणमा गएको सेयरमा पनि बीमा कम्पनीहरुको हिस्सा बढि छ। नेपाल लाइफ, एसियन लाइफ, लाइफ इन्स्योरेन्स नेपाल, प्राइम लाइफ, शिखर इन्स्योरेन्स, युनाइटेड, प्रिमियर, प्रभु इन्स्योरेन्स, हिमालयन जनरल, लुम्बिनी जनरल, सगरमाथा, एनआइबीएल समृद्धि फण्ड १, ग्लोबल आइएमइ समुन्नत स्किम १, नबिल इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्डको सेयर छ।

    साथै सिद्धार्थ इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड १, एनआइसी एसिया ग्रोथ फण्ड, सिद्धार्थ इन्भेष्टेमेन्ट ग्रोथ स्किम २ र सनराइज फर्स्ट म्युचुअल फण्डको पनि साधारण सेयरमा लगानी छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस