प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज बिहिबार अन्तिम दिन


  • २ पुष २०७७, बिहीबार ०९:४७ प्रकाशित
  • ११४ पटक पढिएको

  • प्रभु लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदन दिने आज बिहिबार अन्तिम दिन रहेको छ।
    मंसिर २९ गते देखि सर्वसाधारणका लागि बिक्रि खुला गरिएको आइपीओमा बुधबार बेलुका सम्म ८ लाख ७३ हजार व्यक्तिले २ करोड ३७ लाख कित्ताका लागि आवेदन परिसकेको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले बताएको छ।

    ढिलोमा पुष १३ गतेसम्म बिक्रि खुल्ला गर्ने योजनारहेता पनि बिक्रि खुला भएको ३ दिनमै माग भन्दा ४ गुणा बढी आवेदन परिसकेकोले बिहिबार बेलुका पाँच बजेपछि आबेदन दिने समय बन्द हुनेछ ।

    एक अर्ब ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ६० करोड रुपैयाँको साधारण सेयर जारी गरेसँगै चुक्ता पुँजी २ अर्ब पुग्नेछ। ६० करोड बराबरको ६० लाख कित्ता साधारण सेयर मध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता सामुहिक लगानी कोषलाई छुट्टयाएर बाँकी रहेको ५४ लाख कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरिएको छ ।

    कम्पनीको साधारण सेयरमा आवेदकको संख्या अत्याधिक भएसँगै गोलाप्रथाबाट ५ लाख ४० हजार आवेदकले १०,१० कित्ता सेयर पाउने छन्।

    प्रभु बैंक र प्रभु ग्रुप अन्तर्गतका अधिकांस कम्पनी प्रवर्द्धक रहेको प्रभु लाइफले इक्रा नेपालबाट तुलनात्मक रुपमा कम जोखिम रहेको आइआर बीबी प्लस रेटिङ पाएको छ। कम्पनिको वीत्तिय अबस्था ठीकै रहेकोले आबेदनकर्ताको चाप रहेको बुझिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस