उपत्यकामा जोरबिजोर प्रणाली हट्यो


  • २ पुष २०७७, बिहीबार १५:३१ प्रकाशित
  • १०९ पटक पढिएको

  • काठमाडौं, पुस २ गते । काठमाडौं  उपत्यकामा सवारी साधनमा लाग्दै आएको जोर विजोर प्रणाली हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौले कम सार्वजनिक सवारी संचालन रहँदा कोरोनाको जाखिम झन बढन सक्ने भन्दै जोर विजोर प्रणाली हटाउने निर्णय भएको बताएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज एक सूचना जारी गर्दै उक्त कुराको जानकारी दिएको हो ।

    जोर विजोर प्रणाली अनुसार यातायातका साधन संचालन गर्दा सार्वजनिक सवारी साधनको संख्या कम भई यात्रुहरुको चाप झन बढी भएकोले सर्वसाधारण यात्रुको असुविधा भएको समेत प्रशासनले बताएको छ । भोली शुक्रबार ३ गते  विहान देखि लागू हुने गरी काठमाडौं उपत्यकामा सवारी साधन लगाइएको जोर विजोर प्रणाली हटाइएको बताइएको छ ।

    कार्यालयले मापदण्ड पालना नगरी सवारी साधन संचालन गरेमा अनुगमन गरी संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गरिने समेत बताएको छ । असोज १ देखि काठमाडौं जिल्लाभरी सवारी साधन जोरविजोर प्रणाली लागू गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस