इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर र म्यानचेस्टर २-२को बराबरीमा


  • १२ पुष २०७७, आईतवार ०६:०६ प्रकाशित
  • ९० पटक पढिएको

  • काठमाण्डाै :– इङ्ग्लिस प्रिमियर लिगमा लेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

    लेस्टरले घरेलु मैदान किङ पावरमा बराबरी खेलेको हो । युनाटेडका मार्कुस रासफोर्ड र ब्रुनो फर्नान्डेसले गोल गरे । लेस्टरका हार्वे बार्नेसले एक गोल फर्काए भने एक गोल उपहार पाएको थियो । एक्सेल टुआनजेवेले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भएको हो ।

    यो बराबरीसँगै युनाइटेडले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ । लेस्टरले १५ खेलबाट २८ अंक जोडेको छ । युनाइटेडले १४ खेलमा २७ अंक जोडेको छ । प्रिमियर लिगको शीर्षस्थानमा रहेको लिभरपुलको ३१ अंक छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस