राष्ट्रपतिको कार्यालयले आज सूचना जारी गर्दै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको जनाइएको छ । नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रिय सभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ ।
यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठकद्वारा प्रतिनिधिसभाको बिघटनको सिफारिश गरेकोमा सदर गरेकी थिइन् ।