आईसीसी दशक टिममा भारतीय खेलाडीको बाहुल्यता,


  • १३ पुष २०७७, सोमबार ०९:५५ प्रकाशित
  • १०० पटक पढिएको

  • अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) ले दशकको उत्कृस्ट टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टि २० अन्तर्राष्ट्रिय टिमको छनौट गरेको छ।
    आईसीसीले छनौट गरेको टिममा भारतीय खेलाडीको बाहुल्यता रहेको छ। एकदिवसीय र टि २० टिमको कप्तान महेन्द्र सिंह धोनी रहेका छन् भने टेस्ट टिमको कप्तानमा भारतीय कप्तान बिराट कोहली रहेका छन्।तिन वटै फर्म्याटको टिममा एक मात्र खेलाडी बिराट कोहली छन्।

    दशकको टि २० अन्तर्राष्ट्रिय टिमः रोहित शर्मा, क्रिस गेल, आरोन फिन्च, बिराट कोहली , ए बि डी भिल्लीयर्स, ग्लेन म्याक्सवेल, महेन्द्र सिंह धोनी(कप्तान) , काइरन पोलार्ड, राशिद खान, जस्प्रित बुम्राह र लासिथ मालिंगा

    दशकको एकदिवसीय अन्तर्राष्ट्रिय टिमः रोहित शर्मा, डेभिड वार्नर, बिराट कोहली, ए बि डी भिल्लीयर्स, शाकिब अल हसन, महेन्द्र सिंह धोनी (कप्तान) , बेन स्टोक्स, मिचेल स्टार्क, ट्रेन्ट बोल्ट, इमरान ताहिर, लासिथ मालिंगा


    दशकको टेस्ट टिमः एलेस्टर कुक, डेभिड वार्नर, केन विलियमसन, बिराट कोहली(कप्तान), स्टिभ स्मिथ, कुमार सांगाकारा, बेन स्टोक्स, रभीचन्द्रन आश्विन, डेल स्टेन, स्टुवार्ट ब्रोड, जेम्स एण्डरसन

    यस्तै आईसीसीले आजै घोषणा गरेको दशकको एसोसिएट खेलाडीको अवार्ड स्कटल्याण्डका कायल कोट्जरले जितेका छन्। यो विधाको मनोनयनमा नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का पनि रहेका थिए। यस्तै एसोसीएट राष्ट्रको उत्कृस्ट महिला खेलाडीको अवार्ड स्कटल्याण्डकै काथ्रिन ब्रिसले जितेकी छिन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस