रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित


  • १३ पुष २०७७, सोमबार १०:२० प्रकाशित
  • १०६ पटक पढिएको

  • पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो २१औं शताब्दीकै उत्कृष्ट खेलाडी घोषित भएका छन् ।युएईको दुबईमा आइतबार भएको ग्लोब सकर अवार्डमा रोनाल्डोले प्लेअर अफ दि सेन्चुरीक अवार्ड जितेका छन्। उनले यसका लागि लिओनल मेस्सी, मोहम्मद सालाह र रोनाल्डिन्होलाई पछि पारेका हुन्।दुबईमा भएको एक अवार्ड कार्यक्रममा रोनाल्डो सन् २००१ देखि २०२० सम्मको उत्कृष्ट खेलाडी चुनिएका छन्। यसबीचमा उनले पाँचपटक च्याम्पियन्स लिग उपाधि जिते । यस्तै म्यानचेष्टर युनाइटेडबाट तीन प्रिमियर लिग, रियल मड्रिडबाट दुई ला लिगा र पोर्चुगलका लागि युरो कप र नेसन्स लिग पनि जितेका छन् ।
    यस्तै ग्लोबल सकर अवार्डमा रोवर्ट लेवान्डोस्कीले सन् २०२० को वर्षको उत्कृष्ट खेलाडीको अवार्ड जिते । लेवान्डोस्कीले रोनाल्डो र लिओनल मेसीलाई पछि पारे । बायर्न म्युनिखका प्रशिक्षक हान्सी फ्लिकले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । बायर्नले क्लब अफ दि इअरको अवार्ड जित्यो ।स्पेनका दुई खेलाडी गोकिपर इकर कासियास र डिफेण्डर जेरार्ड पिकेले प्लेअर करियर अवार्ड प्राप्त गरे ।स्पानिस क्लब रियल मड्रिड क्लब अफ दि सेन्चुरी र पेप ग्वार्ढिओला कोच अफ दि सेन्चुरी घोषित भए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस