पुष १४ गते मंगलबार हेर्नुहोस् दैनिक राशिफल !


  • १४ पुष २०७७, मंगलवार ०६:३१ प्रकाशित
  • १७७ पटक पढिएको

  • पुष १४ गते मंगलबार 

    मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    नयाँ काम सुरु गर्न दिन उत्तम रहनेछ। तपाईंले काम र व्यवसाय क्षेत्रमा प्रतिस्पर्धी व्यवहार सामना गर्नुपर्नेछ। तपाईंले निश्चित उद्देश्यका लागि काम गर्ने प्रेरणा पाउनुहुनेछ। रमणीय यात्राको सम्भावना छ। महिलालाई आफ्नो बोलीमा संयम राख्न जरूरी देखिन्छ।

    वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    हातमा आएको अवसर अनिर्णयको कारण गुमाउन सकिन्छ। नयाँ काम सुरु गर्नु उत्तम हुँदैन। अनावश्यक वाद-विवादमा नपर्नुहोला। भाइबहिनीहरूबीच प्रेम बढ्नेछ। स्वास्थ्य राम्रो रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहने देखिन्छ। व्यापारमा सफलता मिल्नेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। साथीहरू वा परिवारका सदस्यहरूसँग स्वादिष्ट भोजनको आनन्द लिन सकिन्छ। आर्थिक हिसाबले यो दिन तपाईंको लागि लाभदायक छ। खर्च गर्नमा संयमित हुनुहोस्। प्रियजन वा साथीबाट उपहार पएर मन प्रशन्न रहनेछ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव हुनेछ। आफन्तसँग मनमुटाव हुनसक्छ। पारिवारिक कार्यको पछाडि खर्च हुनेछ। अनावश्यक लडाई-झगडाबाट टाढा नै रहनुहोला। धनहानि हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा उच्च पदाधिकारीसँगको सम्बन्ध बिग्रन सक्छ।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    मनमा दुविधा रहनाले हातमा आएको अवसर गुमाउन सकिन्छ। नयाँ कार्यहरू सुरू नगर्नुहोस्। महिला मित्रसँग रमणीय भेटघाट हुनेछ, साथै उनीहरुबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा लाभ मिल्ने सम्भावना उच्च छ। धन प्राप्तिको योग रहेको छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    नयाँ कार्यको आयोजना यस दिन सफल हुनेछ। व्यापार व्यवसायको क्षेत्रमा विशेष सफलता मिल्नेछ। कार्यक्षेत्रमा उच्च पदाधिकारीबाट लाभ प्राप्त हुनेछ। समजिम क्षेत्रमा मान-सम्मान बढ्नेछ। धन प्राप्तिको योग रहेको छ। सरकारी कार्य सम्पन्न गरिनेछ। पारिवारिक जीवनमा सद्भाव हुनेछ।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    यस दिन तपाईं बौद्धिक र लेखन कार्यमा सक्रिय हुनुहुनेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन शुभ रहनेछ। रमणीय यात्राको सम्भावना छ। व्यापारमा लाभका अवसर प्राप्त हुनेछ। विदेशमा बस्ने साथीहरू वा प्रियजनबाट शुभ समाचार मिल्नेछ। सन्तानको विषयमा दुविधा रहनेछ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    नयाँ कार्यहरू सुरू नगर्नुहोस् र तपाईंको रीसलाई नियन्त्रण गर्नुहोस्। अनैतिक कार्य गर्नबाट टाढा रहनुहोस्। नयाँ सम्बन्ध स्थापित गर्नु अघि गम्भीर भई सोच्नुहोस्। अधिक खर्च हुनाले आर्थिक पक्ष कमजोर रहन सक्छ। ईश्वरको उपासना र नाम-स्मरणबाट लाभ हुनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    तपाईंको यस दिन सुख तथा आनन्दका साथ बित्नेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ। विपरीत लिंगीसँगको भेट रमणीय हुनेछ। लेखन तथा बौद्धिक क्षेत्रमा रुचि बढ्नेछ। उत्कृष्ट वैवाहिक आनन्द प्राप्त हुनेछ। मान-सम्मान बढ्नेछ।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    व्यापार व्यवसाय विस्तार हुनेछ। पैसा लेनदेन सजिलो हुनेछ। घरमा शान्ति र रमणीय वातावरण हुनेछ। आवश्यक कारणहरूको पछि पैसा खर्च हुनेछ। काममा सहयोगीहरूबाट सहयोग प्राप्त हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। शत्रु पराजित हुनेछन्। व्यापारीहरूले कानुनी समस्या सामना गर्न सक्छन्।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    नयाँ काम सुरु गर्नको लागि दिन शुभ छैन। तपाईको विचारमा चाँडै परिवर्तन आउनेछ। महिलाहरूले आफ्नो बोलीमा संयम राख्नु राम्रो हुन्छ। रचनात्मक तथा लेखन कार्यमा रुचि बढ्नेछ। आकस्मिक धन खर्च हुने योग रहेको छ। पेटसँग सम्बन्धित रोगहरूबाट ग्रसित हुन सकिन्छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    तपाईंको यस दिन अप्रिय घटनाहरूको कारण उत्साहजनक हुँदैन। परिवारका सदस्यसँग वाद-विवाद हुनसक्छ। आमाको स्वास्थ्य बिग्रन सक्छ, जसले चिन्ता निम्त्याउनेछ। शारीरिक र मानसिक स्वास्थ्य बिग्रन सक्छ। धनहानि हुने सम्भावना छ। महिलासँग व्यवहार गर्दा सावधानी अपनाउनुहोस्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस