नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले पानी जहाज र रेलको कुरा गरेर केपी शर्मा ओलीले नागरिकलाई झुक्याएको आरोप लगाएका छन्। संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहले काठमाण्डौमा गरेको आमसभामा उहाँले कहिले पानी जहाजको कुरा त कहिले घर घरमा पाइपबाट ग्यास ल्याउने कुरा गरेर नागरिकलाई झुक्याएको बताएका हुन्।यस्तै उहाँले ३ वर्षसम्मको अवधिलाई ओलीले उखान र टुक्कामै बिताएको आरोपसमेत लगाउए।
आफूहरुले काम गर्न कुनै अवरोध नगर्दासमेत केही कामै नगरि ३ वर्षको समयलाई अर्थहिन बनाएर जनमतको अपमान गरेको उनले बताए। यस्तै आम नागरिकले जनमत केपी ओलीलाई नभएर नेकपा पार्टीलाई दिएकोसमेत बताए।रानीपोखरी, धरहरालगायत संरचना प्रधानमन्त्री ओलीको पालामा भएको भए पनि यो निर्माणमा उनको भूमिका खासै नरहेको बताए।