पालिका अध्यक्ष गोबिन्द खड्कालाई थुनामुक्त गर्न उच्चअदालतको आदेश, खड्का थुनामुक्त हुँदै


  • १७ पुष २०७७, शुक्रबार १२:०० प्रकाशित
  • ३२० पटक पढिएको

  • काडमाडौं :  रामेछाप लिखु तामाकोशी गाँउपालिकाका अध्यक्ष गोबिन्दबहादुर खड्कालाई थुनामुक्त गर्न उच्च अदालत पाटनले आदेश जारि गरेको छ । गत साउन ३१ गते अध्यक्ष खड्कालाई शरिर बन्दक बनाएको, जग्गा ठगी गरेको र जवरजस्ती करणी गरेको आरेपमा पक्राउ गरी प्रहरीले अदालतमा मुद्या दायर गरेको थियो । उक्त मुद्यामा खड्कालाई जिल्ला आदलत रामे छापले जग्गा ठगीमा ५० लाख, शरिर बन्दकमा २ लाख गरि जम्मा ५२ लाख धरौटी र करणी केसमा पूर्पक्षको लागी थुनामा राख्न आदेश गरेको थियो । जिल्ला अदालतको उक्त आदेशलाई उल्लाट्याँउदै ५ लाख धरौटी कायम गरि खड्कालाई थुनामुक्त गर्न उच्च अदालतले आदेश गरेको हो ।

    जिल्ला अदालतको आदेश बमोजिम खड्का थुनामा परेपछी उनी गाँउपालिका प्रमुख पदबाट पनि स्वतः नीलम्बन भएका थिए । उच्च अदालतको यो आदेश सँगै खड्का लिखु तामाकोशी गाँउपालिको अध्यक्ष पदम पनः बहाली भएका छन ।

    उच्च अदालतको यो आदेश पछि आज अपराहन्नमा पालिका अध्यक्ष खड्का थुनामुक्त हुँदै छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ७%३%३%१%२%

    प्रतिक्रिया लेख्नुहोस