कस्तो रहला तपाईंको दिन ? हेर्नुहोस आजको रशिफल


  • २० पुष २०७७, सोमबार ०१:०३ प्रकाशित
  • ८० पटक पढिएको

  • मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

    स्वभावमा उग्रता र जिद्दी व्यवहार रहनेछ। परिश्रम अनुसार सफलता नमिल्नाले मन चिन्तित रहनेछ। शारीरिक स्वास्थ्य पनि कमजोर रहनेछ। यात्राको लागि समय शुभ छैन। सन्तानको विषयले मन चिन्तित रहनेछ। सरकारी काममा लाभ मिल्ने सम्भावना उच्च छ।

    वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

    हरेक कार्य सरलताका साथ पूरा गरिनेछ। पितृ पक्षबाट लाभ मिल्ने सम्भावना छ। विद्यार्थी अध्ययनमा रुचि कायम गर्न सक्षम हुनेछन्। सरकारी क्षेत्रमा सफलता तथा लाभ मिल्नेछ। कलाकारहरू र खेलाडीहरूको लागि दिन अत्यन्त शुभ साबित हुनेछ।

    मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

    शारीरिक तथा मानिसक स्वास्थ्य राम्रो रहनेछ। भाग्यवृद्धिको योग रहेको छ। द्रुत परिवर्तनशील विचारहरूले तपाईंलाई जटिल स्थितिमा पुर्याउन सक्छ। नयाँ कार्य सुरु गर्नको लागि दिन अनुकूल रहनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ।

    कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

    परिवारका सदस्यसँग मनमुटावको स्थिति उत्पन्न हुनसक्छ। अहंकारको भावना कसैलाई चोट पुर्याउन सक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल नरहला। खर्चमा वृद्धि हुनेछ। मनमा असन्तोषको भावना रहनेछ। अनैतिक कार्य गर्नबाट टाढा नै रहनुहोला।

    सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

    समाजमा मान-प्रतिष्ठा बढ्नेछ। वाणीमा संयम राख्नुहोला। कसैसँग वाद-विवाद हुने सम्भावना छ। बुबा तथा अग्रजबाट लाभ मिल्ने देखिन्छ। स्वास्थ्य सम्बन्धि चिन्ता रहनसक्छ। वैवाहिक जीवन मधुरता छाउनेछ। सरकारी कार्यहरू चाँडै सम्पन्न हुने देखिन्छ।

    कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

    शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव गर्नुहुनेछ। आकस्मिक धन खर्च हुनेछ। दाम्पत्य जीवनमा मनमुटावको स्थिति सिर्जना हुनसक्छ। कायक्षेत्रमा समस्या पैदा हुनसक्छ। परिवारमा नकारात्मक वातावरण रहनाले मन चिन्तित रहला।

    तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

    पारिवारिक जीवन सुखमय रहनेछ। आयमा वृद्धि हुनेछ। कार्यालय, व्यवसायको क्षेत्रमा अनुकूल वातावरण हुनेछ। पदोन्नती मिल्ने सम्भावना देखिन्छ। रमणीय यात्राको योग बन्नेछ। उत्तम वैवाहिक सुख प्राप्त हुनेछ। व्यापार व्यवसाय क्षेत्रमा विशेष लाभ मिल्ने सम्भावना छ।

    वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

    यस दिन तपाईंका हरेक कार्य सफलतापूर्वक सम्पन्न हुनेछन्। गृहस्थजीवन सुखमय रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। समाजमा मान-सम्मान बढ्नेछ। उच्च अधिकारीहरु र अग्रजको कृपादृष्टि रहनेछ। सन्तानको सन्तोषजनक प्रगतिले मन प्रशन्न रहनेछ।

    धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

    कुनै पनि काम गर्न उत्साहको कमी हुनेछ। शारीरिक तथा मानिसक अस्वस्थता रहनेछ। कार्यक्षेत्रमा समस्या आइपर्न सक्छ। अफिसमा उच्च अधिकारीहरूसँग बहसको कारण घाटा हुने सम्भावना छ, सजग रहनुहोला। शत्रुसँग सावधान रहनुहोस्।

    मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

    मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। खानपानमा विशेष ध्यान दिन जरूरी छ। अचानक धन खर्च हुने सम्भावना छ। स्वास्थ्य सम्बन्धि मामलामा पैसा खर्च हुने देखिन्छ। व्यापारमा साझेदारहरुसँग मदभेद हुनसक्छ। क्रोधमा संयम राख्नुहोला।

    कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

    आफन्त तथा मित्रगणसँग स्वादिष्ट एवम उत्तम भोजनको अवसर मिल्नेछ। नयाँ वस्त्र तथा वाहन सुख प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा मान-सम्मान बढ्नेछ। दृढ विश्वासका साथ काम गर्नाले सफलता प्राप्त हुनेछ। आर्थिक लाभ मिल्ने सम्भावना उच्च छ।

    मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

    दैनिक कार्यहरू सहज रूपमा सम्पन्न हुनेछन्। घरमा सुख-शान्तिमय वातावरण रहनेछ। स्वभावमा उग्रता रहनेछ। वाणीमा संयम राख्नुहोस्। शत्रु तथा प्रतिस्पर्धीहरू पराजित हुनेछन्। सहकर्मीहरूको सहयोगले तपाईंको व्यावसायिक क्षेत्रको कामलाई सरल बनाउनेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस