रुपकाली म्युजिक प्रालिको प्रस्तुतिमा मुकुन्दको “रिसको झोकैमा” आयो (भिडियो सहित)


  • २२ पुष २०७७, बुधबार १७:१२ प्रकाशित
  • ३७८ पटक पढिएको

  • काठमान्डौ :   तिमीलाई भेट्न भनेर तिम्रो घरमा आउँदा रिसाएर ताल्चा ठोकेको कहाँ बिर्सिएको छु र ? फेरी यहि कुराले बद्नाम भएँ भन्दा पनि खिल्ल्ली उडाउनु पर्छ है ? भन्ने किसिमको भाव सहित भर्खरै मात्र रुपकाली म्युजिक प्रालिले एक गीतलाई बजारमा ल्याएको छ । उक्त गीत मुकुन्द महतको प्रस्तुतिमा “रिसको झोकैमा” बोलको रहेको छ । एच.बि रसाइलीको संगीत संयोजन तथा मुकुन्द महत द्वारा नै लय तथा शब्द सिर्जना भएको गीतमा स्वर मुकुन्द महत र मनिषा गजमेरको सुमधुर स्वर सुन्न सकिन्छ ।

    मौलिक स्वाद सहित निकै आकर्षक ढंगबाट यस गीतको म्युजिक भिडियो पनि तयार भैसकेको छ । भिडियोमा कृष्णहरि चौलागाई र अस्तरा गैह्रेको रोमान्चक अभिनय सहितको नृत्य देख्न सकिन्छ । भिडियोलाई निर्देशन समिर थोकरले गरेका हुन् भने छायांकन शुसिल डाँगी र सम्पादन हिमाल सागर हिंगमांगले गरेका छन् गीतको अडियो तथा भिडियोलाई अहिले एच.बि रसाइली युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।https://youtu.be/fEbecZsGroM

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%४%१%१%१%

    प्रतिक्रिया लेख्नुहोस