गजल
कोही भन्छन् हीरा अनि सुन पाए पुग्छ
कोही भन्छन् खुर्सानी र नुन पाए पुग्छ
लक्ष्य उँचो हुनेहरू के भन्दछन् भने –
आकाशको चन्द्रमालाई छुन पाए पुग्छ
मान्छेपिच्छे लक्ष्य फरक सोचाइ किन फरक रु
असमानताको फोहोर यो धुन पाए पुग्छ
मानवता पाखा लाग्दै गएको छ अचेल
मान्छेबाट मान्छेले नै गुन पाए पुग्छ
तिमी भन्छ्यौ ( अरूभन्दा ठूलो बन्नू तिमी
यो रमेशलाई मान्छेजस्तै हुन पाए पुग्छ ।
रमेशचन्द्र घिमिरे
( भोर्लेटार, लमजुङ ।