काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौँमा वृहत् जुलुस निकालिएको छ।
शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। मधेसी युवा संघ नेपालको आफ्नो पक्षको बृहत भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्याली निकालिएको थियो ।
उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।
काठमाडौँको विभिन्न स्थानबाट निकालिएको र्याली माइती मण्डलाको मूल र्यालीमा जोडिनेछ।
प्रदर्शनले काठमाडौँको सवारी आवागमन प्रभावित भएको छ।