राशिफल ; पौष २६ गते आइतवार


  • २६ पुष २०७७, आईतवार ०६:३२ प्रकाशित
  • ७५ पटक पढिएको

  • मिति २०७७ साल पुस २६ गते आइतबार। तपाईंको राशीफल यस प्रकार रहेको छ। तपाईहरूको दिन शुभ रहोस्।

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) –

    भागदौड चलिरहनेछ । मान पुरस्कार प्राप्त होला । आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । लगानी उठ्ला। कार्यव्यपारमा सफलता मिल्नेछ । वस्तुसित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । मिठो भोजन प्राप्त हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

    सुख सम्पति धन मान आनन्द बढ्नेछ । मिठो भोजन मिल्नेछ । शक्ति सामर्थ्य बढ्नेछ । राजकीय कार्य बन्नेछ । उन्नति–पदोन्नति हुनेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । उच्चाधिकारीको सहयोग मिल्नेछ । ऐश्वर्य बढ्नेछ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

    सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयां कार्य पनि बन्नेछ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –

    भागदौड भैरहला । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । इष्टमित्रको सहयोग प्राप्त होला। विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन।

    सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

    ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । मिठो भोजन मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारीवारिक सुख बढ्ला।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

    देखा परेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

    प्रेममा सफलता मिल्नेछ । धन सम्पति बृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन–प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनु हुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला।

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

    हांसविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनुहुनेछ । धन सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले । विवादमा पर्नुबाट बच्नुपर्ने छ । अरुको भर पनि नपर्नुहोला । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

    भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियम–कानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । यात्रामा सफलता प्राप्त होला । धनसम्पत्ति ऐश्वर्य बढ्नेछ । हांसविलासमा आकर्षण वृद्धि हुनेछ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

    अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ।

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

    कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयां कार्यमा सफलतासंगै नयाँ दायित्व पनि प्राप्ति होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

    प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्लान् । दूरदेशको यात्रा होला । हांसविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा बृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । आँट उत्साह बढ्नेछ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस