वाइफाइमा अहिले सम्मकै ठूलो परिवर्तन आउँदै


  • २६ पुष २०७७, आईतवार १९:५८ प्रकाशित
  • १०६ पटक पढिएको

  • काठमाडौं :  वाईफाई अझ धेरै प्रभावकारी हुँदैछ । यो वर्ष बजारमा आउने धेरै फोन तथा ल्यापटप पनि वाईफाईको अपग्रेडेड भर्सन वाईफाई सिक्स ई सपोर्ट गर्ने गरी आउनेछन् । हालसम्म २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाईफाई अब भने ६ गिगाहर्जमा उपलब्ध हुनेछ ।

    योसँगै तपाईंको वायरलेस कनेक्सनको अनुभवलाई २ लेनको बाटोबाट एकै पटक ८ लेनको बाटोमा हिँडेजस्तै बनाउने छ । वाईफाईमा आएको यो अपग्रेड पछिल्लो २० वर्षयताकै ठूलो अपग्रेड हो ।

    यसका कारण इन्टरनेटको गति ठूलो मात्रामा वृद्धि हुने बताइएकाे छ । त्यस्तै वाईफाई कनेक्सन पनि अझ विश्वसनीय हुनेछ र वाईफाई वेभको दूरी पनि निकै फराकिलो हुने उल्लेख गरिएको छ ।

    यसका लागि वाईफाई एलाइन्सले हाल वाईफाई सिक्स ईको वेभलाई सपोर्ट गर्ने ल्यापटप, मोबाइल लगायतका डिभाइसलाई प्रमाणीकरण गर्ने काम अघि बढाएको छ । भने, कतिपय डिभाइस यही महिना विश्व बजारमा सार्वजनिक हुँदैछन् ।

    यसअन्तर्गत सामसङले यही बिहीबार सार्वजनिक गर्ने सामसङ ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोनमा पनि यसकाे सपाेर्ट रहनेछ ।

    त्यसका अलावा भोलिबाट सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शोमार्फत वाईफाई सिक्स ई सपोर्ट गर्ने धेरै डिभाइस सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

    रिसर्च ग्रुप आईडीसीका अनुसार टिभी र भीआर डिभाइसमा पनि वाईफाई सिक्स ई सन् २०२१ काे मध्यतिर उपलब्ध हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस