सडकमा दात माझेर प्रतिनिधिसभा विघटनको विरोध


  • २८ पुष २०७७, मंगलवार १६:१८ प्रकाशित
  • ६६ पटक पढिएको

  • काठमाण्डाै : विवेकशील पार्टीले मङ्गलबार माइतीघर मण्डलमा प्रतिनिधि सभा विघटनको विरोधमा दाँत माझेर प्रदर्शन गरेको छ । 

    प्रधानमन्त्री केपी शर्मा ओलीको कदमप्रति असन्तुष्टि जनाउँदै विवेकशीलले दाँत माझेर प्रदर्शन गरेको हाे ।  

    यसैबीच विवेकशीलले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा बैठकमा थुक्दै भाषण गरेकोप्रति पनि असन्तुष्टि जनाएको छ । सार्वजनिक शिष्टताको समेत ख्याल नगरि प्रधानमन्त्री ओलीले व्यवहार देखाएको विवेकशील पार्टीले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    विवेकशीलले बुधबार (भोलि) २४ औँ दिन पनि बिहान साढे १० बजे माइतीघर मण्डलमा प्रदर्शन गर्ने जनाएको छ ।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस