सङ्क्रान्तिमा तिल र गुण खानुको कारण


  • २९ पुष २०७७, बुधबार ०२:५७ प्रकाशित
  • ६५ पटक पढिएको

  • माघको पहिलो दिन माघे अर्थात् मकर सङ्क्रान्ति मनाइन्छ ।

    सङ्क्रान्ति तिल र गुडविना अपूर्ण मानिन्छ । तिल र गुडको मिश्रण गरी सङ्क्रान्तिमा धेरै स्वादिष्ट पदार्थ बनाइन्छ । तिल र गुँड दुबै जाडोमा खाने खाद्यपदार्थ हुन्, जसलाई लामो समयसम्म पनि भण्डारण गरेर राख्न सकिन्छ । मानिसहरूले सङ्क्रान्तिमा तिलको लड्डु, गुँड हालेर विभिन्न लड्डुहरू बनाउँछन्, पूजाको बेला प्रसादको रूपमा राख्छन् र बाँकीलाई पछि प्रयोगको लागि भण्डार गर्छन् ।

    खानेकुराको महत्व दर्शाउनका लागि मौसमअनुसार विभिन्न पर्व, उत्सवको प्रचलन सुरु भएको देखिन्छ । जाडोमा तिल र गुँड (सक्खर) खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । जाडोमा तिलले शरीरलाई न्यानोपन प्रदान गर्छ भने गुँड चिनीको उत्तम विकल्प हो । तिल प्रोटिन, क्याल्सियम, फलाम र म्याग्निसियमले भरिएको हुन्छ ।

    तिलको सेवनले हड्डीहरूलाई बलियो बनाउन, कपालको गुणस्तरलाई बढाउन, रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र छालालाई स्वस्थ राख्छ । त्यस्तै सक्खरले पाचन इन्जाइम सक्रिय गर्छ जसले प्रक्रिया सजिलो बनाउँछ । सखरमा हुने आइरनले रगतलाई शुद्ध पार्छ, साथै जिङ्क र सेलेनियमजस्ता खनिजले चाँडो बुढ्यौली हुनबाट रोक्छ ।                                                                  सक्खरको सेवनले घाँटी र फोक्सोमा सङ्क्रमण हुन दिँदैन र घाँटी तथा फोक्सोलाई स्वस्थ राख्नलाई मद्दत गर्छ । सक्खरको सेवन रुघाखोकी, चिसो तथा नाकको एलर्जीमा फाइदाजनक हुन्छ । तिल र सक्खरको मिश्रणले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ र जाडोमा शरीरलाई न्यानो बनाएर रुघाखोकी, चिसो, कफ तथा दमलगयातका मौसमी सङ्क्रमणबाट जोगाउन मद्दत गर्छ । कोसी 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस