चन्द्रागिरिको IPO भर्नेलाइ केवलकारमा २५% छुट


  • २ माघ २०७७, शुक्रबार २१:४८ प्रकाशित
  • १६५ पटक पढिएको

  • काठमाडौँ :  चन्द्रागिरि हिल्स लिमिटेडको साधारण सेयरमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा छुट दिने व्यवस्था गरिएको छ ।

    चन्द्रागिरिको ११औँ वार्षिक साधारण सभाले चन्द्रागिरिको आइपिओमा आवेदन दिने सबै आवेदकलाई केबलकार यात्रामा २५ प्रतिशत छुट दिने व्यवस्था गरेको हो ।

    चन्द्रागिरि हिल्स लिमिटेडले जारीगरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘साधारण सेयरमा आवेदन दिनुहुने सम्पूर्ण आवेदकहरुलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरेको छ ।’

    सो छुट प्रयोगका लागि सेयर भर्दाको कुनै न कुनै प्रमाण टिकट काउन्टरमा देखाउनुपर्ने छ । कम्पनीका अनुसार यो छुट सुविधा माघ ५ गतेदेखि १ वर्षसम्मका लागि मान्य हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस