एनसेलमा 2 GB डाटा बोनस, कसरि पाउने ?


  • ७ माघ २०७७, बुधबार ०६:३८ प्रकाशित
  • १४० पटक पढिएको

  • काठमाण्डौ :  एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहकका लागि मङ्गलबार बोनस योजना ल्याएको छ । यो योजनाअन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरवी डाटा बोनस पाउने कम्पनीले जनाएको छ । 

    एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत यो योजना ल्याएको हो । सिम अपग्रेड गर्न एनसेलका ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टर, एनसेल पसल वा एनसेलको आधिकारिक बिक्रेतामार्फत आफ्नो सिम कार्ड सजिलै विना कुनै शुल्क फोरजीमा अपग्रेड गर्न सक्छन् । 

    यो योजनाअन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने कम्पनीले जनाएको छ । फोरजीमा सिम अपग्रेड गरेपछि ग्राहकले पाउने अरु सेवा सुविधामा डाटा प्याक खरिदमा बोनस डाटा, राम्रो डाटा सेवाको अनुभव, कन्ट्याक्ट तथा एसएमएस सेभ गर्न अझै धेरै मेमोरी आदि रहेका छन् । 

    फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्दछ । आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर *३२४# डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ थाहा पाउन सकिन्छ ।    

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस