एटलान्टासँग मिलान स्तब्ध


  • ११ माघ २०७७, आईतवार ०८:३२ प्रकाशित
  • १८६ पटक पढिएको

  • इटालियन सिरिए ए को शीर्ष स्थानमा रहेको एसी मिलान आफ्नै घरेलु मैदान सान सिरोमा एटलान्टासँग ३–० गोलले स्तब्ध बनेको छ । पराजयसँगै शीर्ष स्थानमा मिलानको अग्रता २ अंकमा सिमित बनेको छ ।

    खेलमा क्रिस्टियन रोमेरोले रोबिन गोसेन्सको कर्नरमा गोल गर्दै एटलान्टालाई अग्रता दिलाए । दोस्रो हाफमा एटलान्टाले पाएको पेनाल्टीलाई जोसेफ इलिसिचले सजिलै गोलमा परिणत गरे । डुभान जापाटाले टोलीका लागि तेस्रो गोल गरे ।

    मिलान पराजित हुँदा इन्टर मिलानसँग शीर्ष स्थानमा उक्लिने अवसर रहेको थियो । तर, इन्टर पनि उडिनेजेसँग गोलरहित बराबरीमा रोकियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस