जुम्लाको तिलामा आगलागी, २५ घर जलेर नष्ट


  • १४ माघ २०७७, बुधबार ०६:४४ प्रकाशित
  • १५५ पटक पढिएको

  • जुम्ला :  जुम्लाको तिला गाउँपालिका-७ गोठीगाउँमा आगलागीबाट २५ घर जलेर नष्ट भएका छन् । 

    हिजो मंगलबार राति ७ बजाेबाट सुरु भएकाे आगलागीमा दुई दर्जन जति पशुचौपाया मरे पनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । क्षतिको अन्य विवरण भने आउन बाँकी छ ।

    आगलागी भएको ठाउँ जुम्ला सदरमुकामबाट ३५ किलोमिटर टाढा रहेको र त्यहाँ प्रहरी पुग्नसम्म २५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक भरतसिंह राठोरले जारी गर्नुभएको सूचनामा उल्लेख छ । 

    स्थानीय परबहादुर रोकायाका अनुसार सुधारिएको चुलाको पाइपबाट छतमा भएको घासमा आगो सल्केपछि आगलागी भएको हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस