काठमाडौं । आज साेमबार छापावाला सुनकाे भाउ बढेकाे छ ।
आइतबार ताेलाकाे ९२ हजार १ सय रूपैयामा काराेबार भएकाे छापावाला सुन आज ताेलाकाे ९२ हजार ६ सय रूपैयामा काराेबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जनाएकाे छ ।
आज साेमबार चाँदीकाे भाउ पनि बढेकाे छ । हिजाे ताेलाकाे १३ सय २० रूपैयामा काराेबार भएकाे चाँदी आज ताेलाकाे १४ सय रूपैयामा काराेबार भइरहेकाे छ ।