मर्न भनि पिएको विषले नै दियो नयाँ सफल जीवन


  • २३ माघ २०७७, शुक्रबार ०४:४३ प्रकाशित
  • १३७ पटक पढिएको

  • काठमाडौं – देखेका सबै सपनाहरु त्यति सजिलै कँहा पुरा हुने रैछन् र ? ती बिगतका दिनहरु सम्झिदा आज पनि जिउ आफनो  थिरमा छैन् जस्तो लाग्छ तर फेरि एक मनले सोच्छु आज म जुन स्थानमा छु त्यसको भागिदार केवल मेरा पिडा अनि भोगाईहरु हुन् । लाग्थेन त्यो कालो रात पछि फेरि पनि मेरो जिवनमा उज्यालो दिन आउने छ भनेर आमाको काखमा सुत्ने उमेरमा आफु भन्दा दोब्बर जेठो लोग्नेको ओच्छ्यानमा सुत्नु परेको त्यो दर्दनाख पिडा , खोसिएको  त्यो मेरो बालापन , सत्र वर्ष पुग्न नपाउँदै उजाडिएको त्यो मेरो सिउँदो अनगिन्ती दुःख हरुको पहाड रहेछ  जिन्दगी त यति सजिलै जिउन नपाइने रहेछ , जिबनबाट हार मानेर सबै बाटोहरु बन्द देखेपछि पिएको त्यो बिष के थाहा थियो र, मेरा लागि अमृत समान बन्छ भनेर…….

    हाम्रो समाजमा आजमात्र हैन् परापुर्वकाल बाट नै जात धर्म बिच बिभेद रहदै आइरहेको छ । यसै कारणले दलित जातिका मानिसहरुलाई  धेरै समस्याको सामना गर्नु पर्दथ्यो । यस्तैमा म जन्मिए दलित परिवारमा अनि एउटा नारीको  रुपमा त्यसैले त मलाई अनगिन्ती कठिनाई हरुबाट गुज्रनु   पर्यो । बाल्यकालमा पढाईको शिलशिला जारी नै थियो ,  परिवारको आर्थिक स्थिति कमजोर भएकै कारणले मैले   ७ कक्षामा पढदा पढदै आफ्नो पढाइ बिच मै रोक्नु पर्यो ।  त्यो बेला मेरो उमेर मात्र १३ वर्ष  भएको थियो । त्यसैबिच मेरो बिहेको कुरा चल्यो  र मेरा सपनाहरु लाई मारेर मेरा ईच्छा विपरीत विहे भयो । बाल्यअवस्थामा जसरी बालबच्चाहरु खेलौना सँग खेल्छन् त्यो बालापनमा ८-१० जनाको लागि खाना बनाउनु पर्ने सम्पूर्ण घरको कामर्नुपर्ने सासु-ससुरा, नन्द, देवर देउरानी सबैलाई कजाउनुपर्ने मेरो उमेर र क्षमताले सक्दो सबैलाई सुखि राख्ने प्रयास गरे तर त्यो कहिल्यै भएन ।

    त्यति सानो उमेरमा जन्म घर छोडेर कर्म घर जानु पनि मेरा लागि कम कठिन थिएन । एउटा सानो टहरो त्यसमा पनि ठुलो सख्यामा रहेको परिवार बस्नु पर्ने म बुहारीको नाताले सबैकाम राम्रो सँग गर्नुपर्छ भन्ने धारणा  पालेका व्यक्तिहरुले भने जस्तो काम गर्न नसक्दा   मैले कैयौ पटक मारपिटको सामना समेत गर्नु पर्यो ।

    समय बित्दै गयो पन्ध्र वर्षकै उमेरमा नै मैले नचाहादा -नचाहादै म आमा बन्न पुगे छोरा जन्मेको वर्ष दिन नपुग्दै भारत कमाउन भनि गएका मेरा लोग्नेको मृत्युको  खबरले म सँग बाकि रहेका मेरा सबै आशा र खुसीहरु पूर्णरुपले समाप्त भए । लोग्नेको मृत्यु पश्चात मेरो परिवारले म माथि सहि नसक्नु अत्याचार गरे जो अहिले सम्झिदा पनि मेरा आँखाका  आसु रोकिन्न्  । मलाई त्यस घरमा दिन प्रति दिन झन्झ-न शारीरिक र मानसिक तनाव दिईन थालियो त्यसै क्रममा एक दिन माईत बाट बुबा आउनु भयो बुबाले मेरो हालत देखेर त्याहा राख्न मान्नु भएन र मलाई माईत लग्ने निदो गर्नु भयो । तर त्यति सजिलो त बुबा लाई पनि कहाँ थियो र  ? समाज अनि लोग्ने बिनाको त्यो  घरबिरुद्ध गएर अन्ततःबुबाले मलाई र मेरो छोरालाई लगि छोड्नु भयो आखिर  बुबा आमाको मन न हो ।

    आशा थियो माईति घर गएपछि मेरा सुखका दिन फेरि फर्किने छन् तर सोचे जस्तो भएन मैले कहिल्ये नसोचेको बज्रपात परिसकेकी मान्छे म माईति घरमा मैले सोचे जस्तो व्यबहार पाउन सकिन त्यहाँको  समाजले मलाई बिभिन्न लाल्छाना लगाउदै र  अलछिनाको शंज्ञा दियो ।  यी सबै कुरा सहन नसकेर मेलै जिवनबाट हार मानेर बिष पिए जो मेरा लागि बरदान साबित भयो म बाच्न सफल भए जिवन बाट हार मानेर मृत्युको बाटो  रोजेकि म त्यस घटनाले मेरो पुरै जिन्दगि नै बदलियो मैले संकल्प गरे आफै सँग अनि त्यो नाबालक मेरो छोराको लागि मैले यो दुनिया अनि आफै सँग लड्ने निर्णय गरे ।

    त्यस पछि अलग-अलग ठाँउमा गएर जागिर खोजे तर पढाई नभएकै कारण  मैले जागिर पाउन सकिन ।  घरबाट ५ कि.मि टाढा एकजन नजिकको अंकल मार्फत एउटा टेर्लरमा कपडा सिउने काम पाए पैसा धेरै नभएता पनि काम प्रतिको दायित्व बोध म मा थियो । जस्तो काम भएता पनि काम ईमान्दारीताले गर्नुपर्छ भन्ने भावना म माथियो यसै क्रममा सानोमा म पढाईमा अलिअब्बल भएकै र मेरो रुचि पनि थियो कि म भबिष्यमा पढेर समाजमा केहि गर्न सकु र समाजमा रहेको जात जाति बिचको मतभेद कम गरेर एउटा उदाहरणिय व्यक्तिबनु । मेरा यी सपनाहरु फेरि जागेर आए र मैले ती सपनाहरु पुरा गर्ने अठोठका साथ  काम  सगै पढाईको शिलशिला लाई पनि अगाडि बढाए ।  १८ वर्षको उमेरमा म कक्षा ८ मा भर्ना भए । मेरा लागि यी सबै कुरा सजिलो त पक्कै पनि थिएन तर मेरा उदेश्यहरुलाई मार्न पनि सकिन अनि म यहि संकल्पका साथ पछाडि नफर्कि अघि  बढे मेरा पाइलाहरु ।

    समय बिते सगँसगै मैले टेलरिगं मा हुने सबै काम सिकि सकेकि थिए । कमाएको पैसा छोरा र आफ्नो पढाईमा खर्च भइ अलि अलि बचाएको पैसाले मैले आफैले केहि गर्ने सोचे घरमा बुबाआमा सँग सल्लाह गरेपछि मैले आफ्नै टेर्लर खोल्ने निर्णय गरे थोरै ऋिण सापट गरेर र आफनो बचत मिलाएर एउटा टेर्लर खोले टेर्लरबाट पनि राम्रो आम्दानि हुन थाल्यो । अनि घर व्यबहार समाल्न आफु पढ्न र छोरालाई पढाउन त्यतिगाह्रो भएन खालि समयमा आफु पढाईमा तल्लिन भइरहे त्यो अवस्था सम्म व्यवसायले घरको आर्थिक स्थितिमा धेरै मात्रामा सुधार आईसकेको थियो र आफ्ना साना तिना आवश्यकताको परिपूर्तिका लागि पनि खासै कठिन थिएन ।

    पढाईमा राम्रो अंकल्याएर एस .एल.सि पास भएकाले नै म मा थप उर्जा थपिएकै  कारण मैले प्लसटुमा झन् मेहेनत गरेर पढन थाले फलस्वरुप नतिजा पनि सोचेकै जस्तो आयो । टेर्लरमा काम गर्ने मान्छे राखेर म लोकसेवाको तयारीको लागि नजिकैको शहर नेपालगंज गए । व्यवसायबाट बचाएर राखेको पैसाले मैले  लोकसेवाको तयारी कक्षा लिन सुरु गरे ।

    भनिन्छ नि मेहनत र अठोट लियो भने कुनै पनि कुरा असम्भव हुदैन त्यसै गरि मेरो पढाई प्रतिको लगनशिलता खेर गएन र मैले निजामतिको खरीदारमा नाम निकाल्न सफल भए । परिवारमा खुसिको माहोल छायो त्यसपछि   मलाई सेवाको लागि बुटवलको हुलाककार्यलयमा पठाइयो जागिर त छदै थियो त्यसपछि पनि मैले आफनो पढाईलाई निरन्तरता दिइरहने क्रममा म स्ताकोत्त्तर भर्ना भए ।

    छोरालाई पनिआफु सँगै राखेर पढाए,भाग्य बस भनौ कि मेहेनतले भनौ स्ताकोत्त्तर सकेर केहि समय पछि मैले साख अधिकृतमा नाम निकाल्नपनि सफल भए छोरालाई राम्रो  स्कुलमा पढाउदै छु  सबै खुसिका साथ बसेका छौं । यदि त्यो दिन मैले आफुले केहि गर्ने अठोट नलिएको भए साहेद  आज यो दिन मेरो जिवनमा आउने  थिएन । त्यसैले त भनिन्छ ईच्छा शक्ति र दृढ शंकल्प भयो भने असम्भब भन्ने कुरा केहि नहुने रैछ भनेर मैले आफैलाई नै हेरेर महशुस गर्छु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस