विद्यालय गतिबिधि; सिद्ध आवि, लमजुङ


  • २३ माघ २०७७, शुक्रबार २०:०४ प्रकाशित
  • २५४ पटक पढिएको

  • लमजुङ :  जिल्लाको मध्य नेपाल नगरपालिका – ६ स्थीत भोर्लेटारमा रहेको श्री सिद्ध आधारभूत विद्यालयमा विद्यालयको नियममित अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रवार स्मृती परिक्षण (मेमोरि टेस्ट ) प्रतियोगिता संचालन भएको छ ।

    विद्यालयका विद्यार्थीहरुलाई २ समूहमा विभाजन गरेर संचालन गरिएको प्रतियोगितामा ३५ विद्याथीैको सहभागिता थियो । कक्षा ३ देखी ५ सम्मका विद्यार्थीलाई एउटा समूहमा र कक्षा यूकेजि देखि २ सम्मका विद्यार्थी लाइृ अर्को समूहमा विभकाजन गरिएको थियो ।

    कक्षा ३ देखी कक्षा ५ सम्मको समूहमा अनुष्का पौडेल प्रथम, शंकर बोटे द्धितिय र स्वेच्छा खनाल तृतीय हुन सफल भएका थिए भने युकेजी देखी कक्षा २ सम्मको समूहमा सर्जक अधिकारी, सदिच्क्षा कोइराला र सम्वृद्धि पौडेल क्रमश ः प्रथम, द्धितीय र तृतीय भएका थिए ।

    विद्यालयकी शिक्षिका मुना थापा कुँवरले प्रतियोगिता संचालन गर्नु भएको थियो भने वि.व्य.स. सदस्य प्रकाश खनाल र पूर्व वि.व्य.स. सदस्य दिपेन्द« पौडेल अतिथीको रुपमा प्रतियोगितामा उपस्थीत भएका थिए ।

    विद्यालयका प्र.अ. तथा कार्यक्रमका अध्यक्ष सन्तोष कोइरालाले प्रतियोगितामा विजयी विद्याथीैलाई पुरस्कार वितरण गर्नु भएको थियो ।                               

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया लेख्नुहोस