अग्रज पत्रकारहरु सम्मानित


  • २५ माघ २०७७, आईतवार १६:०४ प्रकाशित
  • ११७ पटक पढिएको

  • काठमाडौं : नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले अग्रज पत्रकारहरुलाई सम्मान गरेको छ । दिवंगत पत्रकारको सम्मानमा पुरस्कार स्थापना गरिएको थियो ।

    महासंघ काठमाडौं शाखाको २२ औं साधारणसभाको अवसरमा उक्त सम्मान गरिएको शाखाका अध्यक्ष शन्तराम विडारीले जानकारी दिए । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जनही २० हजार राशी र सम्मानपत्रसहित अग्रज पत्रकारहरुलाई पुरस्कार प्रदान गरेका थिए । जसअनुसार शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार बलराम थापा, जसुदा प्रधान स्मृति पुरस्कार देवेन्द्र चुडाल, बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार इन्द्र रिजाल, अशोक श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार राजेन्द्र स्थापित, अग्नी शिखा स्मृति पत्रकारिता पुरस्कार शम्भु श्रेष्ठ, शोभा शाह स्मृति पुरस्कार निर्मला शर्मा, डम्बर गिरी स्मृति पुरस्कार विश्वराज किराँत, मुरारी गौतम स्मृति पुरस्कार निरोधराज पाण्डे, चक्रपाणी नेपाल स्मृति पुरस्कार ज्ञान उदास, रामचन्द्र हुमागाई स्मृति पुरस्कार ईश्वरीप्रसाद वाग्ले, गोविन्द शर्मा स्मृति पुरस्कार मानध्वज लामा, एमडी कुलुङ स्मृति पुरस्कार टिवी विरही, तारा न्यौपाने स्मृति पुरस्कार गोपाल बुढाथोकी र फणिन्द्र दाहाल स्मृति पुरस्कार दामोदरप्रसाद दवाडीलाई प्रदान गरिएको छ ।

    विभिन्न समयमा निधन भएका अग्रज पत्रकारको नाममा उक्त पुरस्कार स्थापना गरिएको थियो । यसैबीच बासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित भएका  ईन्द्र रिजालले आफूले प्राप्त गरेको २० हजार रुपैयाँ राशी पुरस्कारमा थप १ हजार १ सय ११ रुपैयाँ थपेर नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अक्षय कोषमा जम्मा गरेकोसमेत अध्यक्ष विडारीले जानकारी दिए ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङको प्रमुख आतिथ्यमा शुक्रवार सम्पन्न साधारण सभाले पत्रकार हकहित, प्रेश स्वतन्त्रता, पेशागत सुरक्षा,  स्वरोजगा।रमूलक मिडियाको सम्बद्र्धनलगायत बिषयमा महत्वपूर्ण प्रश्तावसमेत पारित गरेको अध्यक्ष विडारीले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस