आईपीएल २०२१ अक्शनमा एक नेपाली खेलाडी मात्र,यि हुन्, सन्दिपलाई खरिद गर्न सक्ने संभावित टिम


  • ३० माघ २०७७, शुक्रबार १४:५९ प्रकाशित
  • १३६ पटक पढिएको

  • ट्वेन्टी ट्वेन्टी क्रिकेटको चर्चित इन्डियन प्रीमियर लीग (आईपीएल) को सन् २०२१ को प्रतियोगिताका निम्ति खेलाडीहरूको अक्शनमा यसपालि पनि एकमात्र नेपाली खेलाडी परेका छन्।
    यसअघि सोझै दिल्लीको टोलीले लिएको हुनाले अक्शन गर्नु नपरेको सन्दीप लामिछानेलाई यसपालि भने दिल्लीले आफ्नो टोलीबाट रिलिज गरेको छ।उनी ४० लाख भारतीय रुपैयाँ मोलमा अक्शनको सूचीमा परेका छन्।उनीबाहेक नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले आईपीएलका निम्ति प्रस्ताव गरेर पठाइदिएको अन्य सात नेपाली क्रिकेटरहरूले भने सो सूचीमा ठाउँ पाउन सकेनन्।क्यानले पठाएका ती खेलाडीहरूमा विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर, अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरी थिए।
    सन्दीप लामिछानेले आईपीएलमा सन् २०१८ मा सबभन्दा पहिलेपहिलो पटक आइपिएल खेलेका थिए।उनले तत्कालीन दिल्ली डेअरडेभिल टोली (हाल दिल्ली क्यापिटल्स) बाट खेलेका थिए।
    सन् २०२० मा कोरोनाभाइरस महामारीका कारण पूर्वनिर्धारित समयमा आईपीएल हुन सकेन। त्यसपछि बिनाअक्शन सेप्टेम्बर नोभेम्बर महिनामा सो प्रतियोगिता यूएईमा खेलाइयो।यूएईमा खेलाइएको सो प्रतियोगितामा सन्दीप लामिछानेले एक खेल पनि खेल्न पाएनन्। पूरै आईपीएल २०२० को सीजन उनले अतिरिक्त खेलाडीका रूपमा बेन्चमा बिताउनुपरेको थियो।तर त्यस भन्दा अघि सन्दिपले ३सिजनमा ९ म्याच खेली ८.३४ को इकोनमीमा १३ विकेट लिइसकेका छन्।

    यसपालि सन्दीप लामिछानेलाई कुन टिमले खरिद गर्ला?
    यस पटक आइपीएलको अक्शन फेब्रुअरी १८ मा हुने तय भएको छ।सूचीमा समाविष्ट भएकाले सन्दीप लामिछाने लाई कुनै न कुनै टोलीले रोज्ने सम्भावना छ। सन्दिपलाई खरिद गर्न सक्ने संभावित २ टिमहरुः
    १.मेबई इन्डियस्
    सबैभन्दा धेरैपटक आइपिएलको उपाधि जित्ने टिम हो मेबई र सन् २०२० को उपाधि पनि यहि टिमले जितेको हो। यो पटक मुबईले मिनी अक्सनमा जम्मा ७ जना खेलाडी खरिद गर्न पाउनेछ। जस अन्र्तगत ४ जना विदेशी खेलाडी खरिद गर्नुपर्ने छ। मुबईमा अहिले फास्ट बलिङको रुपमा जसप्रित र ट्रेन्ट वोल्ट जस्ता चर्चित खेलाडी छन् भने स्पिनरको रुपमा राहूल चहर मात्र भएकोले मुबईको फोकस भनेको एक जना राम्रो स्पिनर खरदि गर्नु हुनेछ।
    २. किङ्स इलाभेन पन्जाब
    गत सिजनमा मध्यम स्थरको खेल प्दर्शन गरेको यो टिम ले पनि सन्दिप लाई खरिद गर्ने संभावना प्रवल छ। यस वर्ष मिनी अक्सनमा यो टिमले ९ जना खेलाडी खरिद गर्नु पर्ने छ।जसमध्ये ५ जना विदेशी खेलाडी खरिद गर्ने छ। यो टिमले अफ्गानी स्पिनर मुजिउर रहमानलाई यो वर्ष रिलिज गरेको छ। साथैयो टिममा स्पिनरको रुपमा रवि विस्नोइ र मार्गन अस्विन भएपनि गत सिजनमा यिनीहरुको प्रदर्शन खासै तारिफयोग्य छैन। त्यसैले यो टिमले सस्तो मूल्यमा सन्दिपलाई खरिद गर्न सक्ने छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस