रामेछाप : लिखु तामाकोशी गाँउपालिका वडा नं २ सैपुको फेदी बेसिमा रहेको अरुणोदय माध्यमिक विद्यालयले विद्यार्थीहरुमा स्वःस्फुर्त सुधारको लागि विद्यार्थी उत्प्रेरणा कार्यक्रम सन्चाल गर्न थालेको हो ।
विद्यार्थीहरुलाई दैनिक, साप्ताहितक तथा मासिक रुपमा नगद, स्टेशनरि सामाग्री तथा स्कुल ब्याग पुरस्कार दिइनेछ । गृहकार्य, अनुशासन र सरसफाई गरि जम्मा ३ विधामा ३/३ जना विद्यार्थीलाई पुरस्कार दिएर सम्मान गरिनेछ । हाल यो कार्यक्रम कक्षा नर्सरि देखि कक्षा २ सम्मका विद्यार्थीहरुमा मात्र लागु गरिएको छ । प्रत्येक दिन नगद, साप्ताहिकरुपमा स्टेशनरि र मासिकरुपमा स्कुल ब्याग पुरस्कार स्वरुप दिइने छ ।
यस्तो कार्यक्रमले विद्यार्थीहरुमा नियमित गृहकार्य गर्ने आदतको विकास हुँने, अनुशासित हुँने र व्याक्तिगत सरसफाइमा ध्यान जाने र विद्यालयमा वालमैत्रीवातावरणको लागि सहयोग पुग्ने कुरा विद्यालयका प्र.अ. सन्तोष पौडेलले बताउनु भयो । यस कार्यक्रम सन्चालन गर्नको लागि आवश्यक पर्ने सम्पूण एक वर्षृ भरिको खर्च स्थानीय समाजसेवी पुष्पराज पौडेलले बेहोर्ने जानकारि पनि प्र.अ. पौडेलले गराउनु भयो ।
त्यस्तै विद्यालयले फागुन २ गते वालक्लव पनि गठन गरेको छ । जसले विद्यार्थीहरुमा अतिरिक्त क्षमताको उजागर गर्नुको साथै विद्यालयमा सहज पठनपाठनको लागि सहयोग गर्ने प्र. अ. पौडेलले बताउनु भयो ।
थप तस्वीर