शिक्षक हत्या प्रकरण : विप्लवसहित ४२ जना विरुद्ध मुद्दा दायर


  • ४ फाल्गुन २०७७, मंगलवार ०९:३५ प्रकाशित
  • १४४ पटक पढिएको

  •  विराटनगर :  मोरङको मिक्लाजुङमा भएको शिक्षक हत्या प्रकरणमा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका नेता नेत्र विक्रम चन्द (विप्लव) सहित ४२ जनामाथि मुद्दा दायर गरिएको छ ।

    मिक्लाजुङ गाउँपालिका १ को सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या भएको दुईमहिना पछि मोरङ जिल्ला अदालतमा सोमबार नेता विप्लवसहित ४२ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा पेश गरेको छ ।

    शिक्षक हत्याको आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डीबी सिलवाल भनिने धनबहादुर विश्वकर्मालाई पक्राउ गरिएको थियो ।

    संखुवासभा मादी ४ का धनबहादुर बिक, कपिलवस्तु शिवराज ९ का विप्लव भनिने नेत्र विक्रम चन्द, कालिकोट नरहरिनाथ ६ का खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लगायतका विरुद्ध मुद्दा दर्ता गरिएको जिल्ला अदालतका सूचना अधिकारी राजेन्द्र प्रसाद धमलाले जानकारी दिएको मंगलबारको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।

    प्रधानाध्यापक श्रेष्ठलाई मंसिर २३ गते घरबाट जंगलमा लगेर हत्या गरेका थिए । हत्यापछि सो समूहले शिक्षक श्रेष्ठको हत्या आफूहरुले गरेको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस