अरुणोदय माबि सैपुमा सरस्वती पूजा तथा नृत्य प्रतियोगिता सम्पन्न


  • ४ फाल्गुन २०७७, मंगलवार १९:१० प्रकाशित
  • २०४ पटक पढिएको

  • रामेछाप : लिखु तामाकोशि गाउँपालिका वाड नं. २ सैपुको अरुणोदय माध्यमिक विद्यालयमा आज वसन्त पन्चमीको अवसरमा सरस्वती पूजा तथा आन्तरिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

    विद्यालयको बालक्लवका अध्यक्ष नबिन कार्कीको सभापतित्वमा भएको कार्यक्रममा वडा नं. २ का वडाअध्यक्ष पदम तामाङ प्रमुख अथिति हुनुहुन्थ्यो । शिक्षक, विद्यार्थी तथा स्थानीय ले विहानको समयमा ब्रत बसि विद्याकि देवी स्वरस्वतीको पूजा- आरधाना गरेका थिए ।

    साना साना नानि-बाबुहरुलाइ आजको दिनमा अक्षर आरम्भ गराँउदा राम्रो र सुब्य फाब्य हुने मान्यता पनि रहि आएको छ । यहि वसर पारेर विद्यालयले आज अक्षर आरम्भ स्वरुप कक्षा नर्सरीमा विद्यार्थी भर्ना कार्यक्रम पनि राखेको थियो ।

    विद्यालयको नवज्योति बालक्लवको आयोजनामा ‘सरस्वती पूजा कार्यक्रम तथा आन्तरिक नृत्य प्रतियोगिता’ सन्चालन भएको थियो । नृत्य प्रतियोगिता मार्फत सहभागी विद्यार्थीहरुले आफ्नो प्रतिभा देखाए भने दर्शकले भरपुर मनोरञ्जन लिए ।

    प्रतियोगितामा प्रथम, दितिय, तृतित र शान्त्वना स्थान हासिल गर्न सफल प्रतियोगिहरुलाइ कार्यक्रमका प्रमुख अतिथि तथा वडा अध्यक्ष पदम तामाङले पुरस्कारस्वरुप नगद रक क्रमशः रु ३००० , रु २००० , १००० र ५०० प्रदान गर्नु भएको कुरा विद्याल्स्यका प्र. अ. सन्तोष  पौडेलले जानकारि दिनु भयो ।

    कार्यक्रमका थप तस्वीर                                               

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस