सन्दिपलाइ आइपिएल २०२१ कोलागी कुनै पनि क्लबले लिएनन


  • ६ फाल्गुन २०७७, बिहीबार २०:१८ प्रकाशित
  • १०८ पटक पढिएको

  • नेपाली लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आइपिएल) को सन् २०२१ को सिजनका लागि भएको अक्सनमा ‘अनसोल्ड’ भएका छन् । 

    बिहीबार भएको अक्सनमा उनलाई कुनै पनि टोलीले भित्र्याउने इच्छा देखाएनन् । उनी पछिल्लो तीन सिजन दिल्ली क्यापिटल्ससँग आबद्ध थिए । 

    उनलाई दिल्लीले सन् २०१८ को सिजन २० लाख भारुमा अनुबन्ध गरेको थियो । त्यससँगै उनी आइपिएल खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका थिए । उनी त्यसयताको लगातार तीन सिजन दिल्लीसँगै अनुबन्धित थिए । 

    सम्झौता सकिएपछि सन्दीप यही सिजन दिल्लीबाट बाहिरिएका हुन् । ४० लाख आधार मूल्यसहित अक्सनमा सहभागी भएका उनलाई कुनै पनि टोलीले इच्छा देखाएनन् ।

    यसपटक नेपाल क्रिकेट संघ (क्यान)ले उनीसहित आठ नेपाली खेलाडीलाई आइपिएलको अक्सनका लागि सिफारिस गरेको थियो । उनीसहित शरद भेषवाकर, विनोद भण्डारी, करण केसी, कुशल मल्ल, सोमपाल कामी, अभिनाश बोहोरा र दीपेन्द्रसिंह ऐरी सिफारिसमा परेका थिए ।

    यद्यपि, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले सन्दीपलाई मात्रै अक्सनमा समावेश गरेको थियो । सन्दीपले दिल्ली क्यापिटल्सबाट सन् २०१८ र २०१९ को दुई सिजन खेल्ने अवसर पाएका थिए । उनले यी दुई सिजनमा नौ खेलबाट १३ विकेट लिएका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस