पर्यटकीय बजार चौबिसै घण्टा खोल्न प्रस्ताव


  • ७ फाल्गुन २०७७, शुक्रबार ०७:४१ प्रकाशित
  • ८७ पटक पढिएको

  • काठमाडौँ, फागुन ७ गते । नेपाल घुम्न आउने पर्यटकका लागि चौबिसै घण्टा पर्यटकीय बजार खोल्नुपर्ने नेपाल पर्यटन बोर्डले प्रस्ताव अघिसारेको छ । सीमित अवधिका लागि मात्र बजार खुला गर्दा त्यसले पर्यटकीय गतिविधि खुम्च्याउने भएकाले चौबिसै घण्टा खुला हुनुपर्ने बोर्डका कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले बताउनुभयो ।
    ‘राति आठ बजे नै होटलभित्र प्रवेश गर्नुपरेपछि पर्यटकले नेपाल कति घुम्न सक्छन् ?’ उहाँले भन्नुभयो, ‘अब चौबिसै घण्टा पर्यटकीय बजार खोलौँध्र’
    कोरोना सङ्क्रमणको परिस्थितिमा विगत एक वर्षमा बोर्डले गरेका काम सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उहाँले पर्यटक भिœयाउन क्वारेन्टिन बाधक भएको स्पष्ट पार्नुभयो । परिस्थिति सामान्य भइसक्दा पनि नेपालमा अन्तर्राष्ट्रियको उपस्थिति शून्यजस्तै भएकाले सरकारले पर्यटक भिœयाउने सहज बाटो खोलिदिनुपर्ने उहाँको भनाइ थियो ।
    सामाजिक दूरी पालना गर्ने, मास्क लगाउनेजस्ता नियमलाई थाँती नै राखेर पाँच दिन क्वारेन्टिन बस्नैपर्ने बाध्यता भने हटाउनुपर्ने उहाँले बताउनुभयो । विश्वका विभिन्न देशले विस्तारै अन्तर्राष्ट्रिय पर्यटकका लागि खुला गरेको अवस्थामा नेपाल अब पछाडि पर्न नहुने उहाँको भनाइ थियो । खासगरी छिमेकी मुलुक भारत र चीनलाई मात्र प्राथमिकतामा राखेर पनि नेपालले अबको पर्यटन फर्काउन सक्ने उहाँले बताउनु भयोध्र
    कार्यक्रममा उहाँले कोरोना सङ्क्रमणका कारण बन्दाबन्दीको अवस्थामा नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकलाई लुक्ला, पोखरा तथा अन्य स्थानबाट एक हजार ७२१ जना पर्यटकको उद्धार गरेको जानकारी दिनुभयो । त्यस्तै ती पर्यटकलाई स्वदेश फर्काउन पनि बोर्डले सहजीरकण गरेको उहाँले बताउनुभयो ।
    त्यस्तै स्वास्थ्य प्रोटोकल तयार गरेर गतिविधि सञ्चालन गर्न सक्ने वातावरण तयार गरिएको पनि उहाँले जानकारी दिनुभयो । कोभिड–१९ का कारण थलिएको पर्यटन बजारलाई उकास्न सरोकारवालासँग छलफल र डिजिटल माध्यमबाट प्रवद्र्धनको काम जारी राखिएको उहाँले बताउनुभयो।
    पर्यटन प्रवद्र्धनका लागि यससँग सम्बन्धित तथ्याङ्क आवश्यक भएकोले बोर्ड अहिले त्यसको तयारीमा लागेको कार्यकारी प्रमुख रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा डिजिटल डाटाबेस तयार गर्न लागिएको बताउनुभयो ।
    कोरोनाका कारण रोजगारी गुमाएका २५० जना मजदुरलाई अस्थायी प्रकृतिको काम उपलब्ध गराइएको र यसलाई थप विस्तार गर्ने योजना रहेको उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले नेपालको पर्यटन क्षेत्र केही निश्चित ठाउँमा मात्र सीमित भएकाले अबको पर्यटन पहाडी क्षेत्रलाई केन्द्रित गरेर प्रवद्र्धन गर्नुपर्ने धारणा राख्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस