गजल
खड्ग कार्की
(शिक्षकले सिकारुको मनोविज्ञान जान्नु पर्छ )२
शिक्षण पेशा मर्यादित र बफादारि ठान्नु पर्छ ।।
(बालमैत्री कृयाकलाप, बालमैत्री शिक्षण विधि)२
त्यसै गरि बालमैत्री समाग्री छान्नु पर्छ ।
(सूचना र प्रविधिमा आफुलाई अपडेट गरि)२
शाषक होइन एउटा असल सहज कर्ता बन्नु पर्छ ।
(रुची, उमेर, स्तर अनि परिवेशको हेक्का राखी )२
सिकारुको मनोविज्ञान सिकई तिर तान्नु पिर्छ ।।
(कर्तव्य र दायित्वमा अनवरत निष्ठा बनी)२
आफूलाई सधैं असल सहजकर्ता मान्नु पर्छ ।।
(योग्य, दक्ष, निपुणता,कौशलले युक्त बनी )२
समस्या र चुनौतीलाई सहज रुपमा धान्नु पर्छ ।।
सुनकोशी –५, ओखलढुंगा