‘मिसेस ब्यूटी क्वीन नेपाल २०२१’को छनौट प्रक्रिया शुरु (फोटो सहित)


  • ९ फाल्गुन २०७७, आईतवार १४:०१ प्रकाशित
  • २०१ पटक पढिएको

  • बिबाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि तथा नेतृत्वदायी क्षमताको विकास गर्ने उद्देश्यका साथ सिजन मिडियाद्वारा आयोजित “ लेट मि इन मिसेस ब्यूटी क्वीन नेपाल २०२१” चौथो संकरणको छनौट प्रक्रिया शुरु भएका छ।बिबाहित महिलाहरुले प्रतिस्पर्धा गर्ने यो प्रतियोगितालाई सिजन मिडियाले बिगत ४ वर्ष देखि निरन्तरता रुपमा गर्दै आएको छ।यो संकरणमा छनौट भएका २३प्रतियोगीहरुलाई यहि माघ १८ गते देखि प्रशिक्षण दिइरहेको छ ।

     

    सो क्रममा शारारीरिक फिटनेश, जुम्वा, एरोविक्स, सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन, टेवल म्यानर, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिँदै तथा हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइँदै छ ।विभिन्न सामाजिक संस्थाहरुको बारेमा अन्तरक्रिया तथा जानकारी प्रदान गरिने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विधामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गरिरहेकी छिन् ।

    यो कार्यक्रम यहि फागुन १७ गते सम्पन्न हुनेछ । कार्यक्रममा सहभागी भएर प्रथम हुनेलाई लेट मि इन मिसेज व्यूटी क्वीन नेपाल २०२१ को ताजसहित फ्रिज तथा सिंगापुर भ्रमणका लागि हवाइ टिकट प्रदान गरिने छ भने फष्ट रनरअप र सेकेन्ड रनरअपलाई पनि क्रमशः टिभि ,भ्याकुम र सिंगापुर भ्रमणका लागि हवाई टिकट प्रदान गरिने छ ।तीन जना विजेतालाई लेट मिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १७ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराइने छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस