रियल मड्रिडको जितपछि एटलेटिकोमाथि दबाब


  • ९ फाल्गुन २०७७, आईतवार २२:०३ प्रकाशित
  • ६३ पटक पढिएको

  • काठमाडौं, फाल्गुन ९ गते । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको एटलेटिको मड्रिडसँग अङ्क दूरी कम गरेको छ । रियल मड्रिडले रियल भल्लाडोलिडमाथि १–० को जित हात पार्दा अङ्क तालिकामा शीर्ष स्थानको एटलेटिको मड्रिडसँगको दूरी कम गरेको हो ।
    रियल मड्रिडको जितमा सेसीमिरोले ६५ औं मिनेटमा गर्नुभएको एक मात्र गोल निर्णायक हुन गयो । ब्राजिली मीडफिल्डर सेसीमिरोले गोल गर्नु अघि दुई पटक हेडरमार्फत् गर्नुभएको प्रयास विफल भएको थियो । मारियानो डाएजले दुई पटक भल्लाडोलिडको पोष्टमा बल छिराएपनि अफसाइड कायम हुन गयो ।
    रियल मड्रिडका गोलरक्षक थिबौट कौर्टिअसले फाबियन आरेल्लाना र सैडी जान्कोको गोलको प्रयासलाई विफल तुल्याउनुभयो । भल्लाडोलिडमाथि जितसँगै रियल मड्रिडले २४ खेलबाट ५२ अङ्क बटुलेको छ । शीर्ष स्थानको एटलेटिको मड्रिडले रियलभन्दा एक खेल कम खेल्दा ५५ अङ्क बटुलेको छ । तेस्रो स्थानको बार्सिलोनाले २२ खेलबाट ४६ अङ्क आर्जन गरेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस