काठमाडौं : विवेकशील साझा पार्टीका अध्यष रवीन्द्र मिश्रले आफू सरकारमा पुगे बर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेर बहादुर देउवालाई जेल हाल्ने चेतावनी दिएका छन्।
विवेकशील साझा पार्टीले सोमबार काठमाडौँको रत्नपार्कमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा पार्टीका अध्यक्ष मिश्रले आफ्नो पार्टी सत्तामा पुगे राष्ट्रघाती चरित्रको उपचार गर्ने चेतावनी दिएका हुन।
‘आज, भोलि वा पर्सि विवेकशील साझा पार्टी यो देशको नेतृत्वमा पुग्छ, पुग्छ।’ नेता मिश्रले भने, ‘त्यसपछि तपाईंहरुलाई नख्खुको चौरमा घाम ताप्न जानुपर्छ।’
नेताहरुको सम्पत्ति छानबिन गर्ने र त्यसपछि जेल हाल्ने मिश्रले चेतावनी दिएका हुन।