प्रधानन्यायाधीश र प्रधानसेनापतिको अर्थपूर्ण भेट


  • ११ फाल्गुन २०७७, मंगलवार ०९:०५ प्रकाशित
  • ५९ पटक पढिएको

  • कूटनीति र सुरक्षा क्षेत्रमा टाइमिङ र स्पेसको महत्त्व कति हुन्छ यसबारे प्रधानसेनापति पूर्णचन्द्र थापा जानकार नहुने कुरै भएन। । नेपाली सेनामा त यसबारे पढाउने र सिकाउनेसमेत गरिन्छ । तैपनि सेनापति थापाले सोमबरा दिउँसो यो विषयलाई खासै मतलब राख्न चाहेनन्, जसलाई लिएर सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ ।

    सोमबार दिउँसो करिब सवा १ बजे थापा जंगी अड्डाबाट निस्केर नजिकै रहेको सर्वोच्च अदालतमा पुगी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग करिब १ घण्टा भेटवार्ता गरे । प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासमाथि प्रतिनिधिसभा विघटनको पक्ष वा विपक्षमा निर्णय लिनुपर्ने निर्णायक दबाब परिरहेको बेला सेनापति अन्य कारण देखाउँदै अदालतभित्र छिरेका हुन् ।

    सेनाका बहालवाला एवम् पूर्वअधिकारीहरुका अनुसार यस्तो दृश्य यसअघि कहिल्यै देखिएको थिएन । ‘मैले सेनामा ३० वर्ष काम गरेँ, अहिलेसम्म यस्तो घटना कहिले पनि देखेको थिइनँ,’ एक सैनिक पदाधिकारीले भने ।

    सर्वोच्च अदालतका पूर्वन्यायाधीश, पूर्वरक्षामन्त्री, सुरक्षाविद्लगायतले त्यसलाई संवेदनशील समयको रहस्यमय एवम् अर्थपूर्ण भेटको संज्ञा दिएका छन् ।यो समचार आजको कान्तिपुर दैनिकमा छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया लेख्नुहोस