प्रधानमन्त्री ओली र विप्लवको जन्मदिन एकैदिन


  • ११ फाल्गुन २०७७, मंगलवार १४:०५ प्रकाशित
  • ७१ पटक पढिएको

  • प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवको जन्मदिन एकैदिन परेको छ । आज जन्मदिन परेका प्रधानमन्त्री ओली ७० वर्षमा प्रवेश गरेका छन् भने विप्लव ५३ वर्षमा प्रवेश गरेका छन् ।

    तेह्रथुमको ईवा गाविसमा २००८ साल फागुन ११ गते जन्मिएका ओली स्वर्गिय आमा मधु ओली र बुबा मोहनप्रसाद ओलीका सन्तान हुन् भने रोल्पाको केवरीमा २०२४ साल फागुन ११ गते जन्मिएका विप्लव बाबु चित्रबहादुर चन्द र आमा खुसीमाया घर्तीका कान्छो सन्तान हुन् ।

    विद्रोही शैलीमा देखिएका विप्लव समूहलाई ओली सरकारले प्रतिबन्ध लगाएको छ। प्रतिबन्ध लगाएसँगै सो समूह भूमिगत भएको थियो भने कतिपय नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

    प्रतिनिधि सभा विघटन भएसँगै नेकपा दुई समूहमा टुक्रिएपछि केही दिन यता भने सरकार र विप्लव समूहबीच वार्ताको तयारीबारे चर्चा चलिरहेको छ । यसैबीच विप्लव समूहले समेत विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि तयार रहेको जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया लेख्नुहोस