खुल्यो ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ


  • २१ फाल्गुन २०७७, शुक्रबार ०८:१७ प्रकाशित
  • २८० पटक पढिएको

  • आजबाट ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओ  खुला भएको छ ।

    शुरुमा फागुन २३ गते आइतवारबाट आईपीओ निष्कासको मिति तोकिए पनि मिति परिर्वतन भइ आजबाटै निष्कासन गर्न लागेको हो ।

    कम्पनीले १०० रुपैयाँ दरको कुल ६६ लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको छ । यसमध्ये ३ लाख ३० हजार कित्ता कर्मचारी र ३ लाख ३० हजार कित्तानै म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

    आइपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिन्छ । आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया लेख्नुहोस